हामीले नै चलाएको हो डोजर भन्दै ध्रुमुस सुन्तलीलाई नै दिए कडा चेतावनी (अन्तरवार्ता)

  पत्रपत्रिका खबर  330 पटक हेरिएको

चितवन- धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको पर्खालमा डोजर लागेपछि यो विषयले राष्ट्रिय चर्चा पाएको छ । धुर्मुस सुन्तलीले त्यहाँ डोजर लगाउने स्थानियहरुले क्षतिपुर्ति दिनुपर्ने भन्दै ैमिडियामा आएपछि त्यहाँका स्थानिय झन चिडिएका छन ।

उनीहरुले त्यहाँ अझै डोजर लाग्न सक्ने संकेत दिएका छन । नेकपाका स्थानिय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको टोेलीले डोजर चलाएपछि प्रहरीले १९ जनाहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेपछि त्यहाँ जनता झन उग्र बन्दै रंगशाला बनाउन नदिने उद्घोष गरिरहेका छन । आफ्नो गाउँका लागि ३१ मिटिर बाटो हुनुपर्ने भन्दै उनीहरुले बन्दै गरेको रंगशाला बारिएको जस्तापातामा डोजर लगाएका थिए ।

फाउण्डेसनले तीनतिर बार लगाएपछि यसअघि नै पश्चिमतर्फ स्थानीयले अवरोध गरेका थिए । रंगशालाको पश्चिमतर्फ अहिले कतै ६ मीटर त कतै ७ मिटरको बाटो छ । बाटोको मुखमा केही घरहरु छन् । तर, भित्र खासै ठूलो बस्ती छैन । स्थानीयका अनुसार रंगशाला निर्माणसँगै यो बाटो ३१ मिटरको हुने सक्ने वडाध्यक्षले बताएका छन् । तर, भोलि रंगशाला बनिसकेपछि बाटो विस्तार गर्दा वस्ती उठ्ने त्रास छायो । त्यसैले उनीहरुले माग अघि सारे– विश्वविद्यालयको जग्गातर्फ नै बाटो बनाइयोस् ।

त्यसका लागि विश्वविद्यालय ज्ञापनपत्र बुझाउने, भरतपुर महानगरपालिका र वडा कार्यालयमा जाने र धुर्मुस सुन्तली फाउण्डेशनलाई दबाव दिने जस्ता काम स्थानीयले गरे । फाउण्डेशनले रंगशालाको जग्गा संरक्षण गर्न बार लगाउँदा नै बाटोका लागि जग्गा छोड्नुपर्ने स्थानीयले माग गरे । चोकमा घर भएका स्थानीय इन्द्रबहादुर बस्नेत भन्छन्, ‘जनताले रंगशाला नबनोस् भन्ने चाहेको छैन, हामी सहयोग गर्छौं । तर, बाटो विस्तार नगरी सुख छैन । अहिले नै बाटो दिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’भिडियो सहित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार