आकाशबाटै ओलीले दिए प्रचण्डलाई यस्तो जवाफ (भिडियो अन्तरवार्ता)

  मूलधार पोष्ट  905 पटक हेरिएको

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् । नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो । प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार बिहान द्वीपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।

प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्किसके पछी यता प्रचण्डले अर्को बबण्डर मच्चाएका छन् । १५ महिना पछी आफु प्रधानमन्त्रि हुने दाबी समेत प्रचण्डले गरेका छन । नेपालि राजनीति र यस विषयमा प्रधानमन्त्री ओली भारतबाट नेपाल फर्किदा जहाज उडी रहेको अवस्थामा पत्रकार ऋषि धमलासंगको कुराकानी तलको भिडियोमा हेर्नु होला ।

यस्तो भनेका थिए प्रचण्डले : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति लिखितै रहेको खुलासा भएको छ । अध्यक्ष मध्येका प्रचण्डले एउटा टेलिभिजन अन्तरवार्तामा भनेका छन्,‘सहमतिका आधारमा नै पार्टी एकता भएको हो, सरकारको नेतृत्वका विषयमा आलोपालो गर्ने सहमति लिखितै छ । तर मलाई प्रधानमन्त्री पद लिन हतारो छैन ।’

उनले पार्टीभित्र सहमति भएको खण्डमा ओलीलाई ५ बर्षसम्म नै प्रधानमन्त्री चलाउन दिन पनि सकिने बताए । विकासको गति राम्रोसँग चल्यो भने, आफूले पार्टीको नेतृत्व गरेर अघि बढ्ने र ओलीले सरकार चलाउने ‘कन्डिसन’मा आफूलाई सहज हुने पनि प्रचण्डले बताएका छन् ।

एकता गर्दा भएको सहमतिमा आफूले कुनै आशंका नगरेको बताउँदै उनले भने,‘समय आएपछि अध्यक्ष केपी शर्मा ओलीले सत्ता हस्तान्तरण गर्न अप्ठ्यारो मान्नुहुन्न, मैले लिन पनि अप्ठ्यारो मान्दिन । राम्रो काम भयो र पार्टीभित्र सहमति भयो भने उहाँलाई नै ५ बर्ष चलाउन दिन पनि अप्ठ्यारो मान्दिन । उहाँले पार्टीको जिम्मा दिन पनि अप्ठ्यारो मान्न हुँदैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार