खोलामा बस खस्दा चालकको मृत्यु

  मूलधार पोष्ट  285 पटक हेरिएको

सर्लाही- बाग्मतीबाट सिन्धुलीको महेन्द्र झ्याडी जोड्ने सडकखण्डमा शुक्रबार बिहान गुडिरहेको बस क्यान खोलामा खस्दा चालकको मृत्यु भएको छ । महेन्द्रझ्याडीबाट बागमतीका लागि छुटेको ना. ३ ख ६६४२ नम्बरको यात्रुबस मोरङ्गे भन्ने ठाउँको उकालोबाट क्यानखोलामा खस्दा सोही बसका चालक ३५ वर्षका दलबहादुर राईको मृत्यु भएको हो ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ स्थित मोरङ्गेको उकालो निकै ठाडो रहेकाले यात्रु झारेर चालकले बस उकाल्ने क्रममा दुर्घटना भएको स्थानियले बताएका छन् । उकालोको टुप्पो नजिक पुग्नेबेलामा स्टार्ट बन्द भएपछि अनियन्त्रित भई बस तल खोलामा खसेको बताईएको छ । रौतहट चन्द्रपुर नगरपालिका–१ निवासी चालक राईको घटनास्थलमै मृत्यु भएको छ । मृतकको शव पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिनुभयो । प्रतिनिधी तस्विर ।

चन्द्रपुरको जेसिबी प्रयोग विहिन ।
चन्द्रपुर नगरपालिकाको जेसिबी प्रयोग विहिन भएको छ । चन्द्रपुर नगरपालिकाको स्वामित्वमा रहेको जेसीबी लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन । जेसीबी संचालनमा नआउदा नगरपालिकाले भाडामा अरुको साधन प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । नगरका वडाहरु तथा अन्य विकास निर्माणको काममा भाडामा प्रयोग गरी आम्दानी बढाउने उद्देश्यले दुई वर्ष अघि करीब ४० लाखमा खरिद गरेको उक्त उपकरणको हाइड्रोलिक पाईप फुटेको भन्दै दुई महिनादेखि थन्किएको छ ।

स्थानीयले जेसीबीको दुई वर्ष देखिको आयव्यय सार्वजनिक गर्न माग गरेपछि नगरपालिकाले जेसीबी सञ्चालनमा आलटाल गर्दै आएको स्थानियको भनाइ रहेको छ । चालु आर्थिक वर्ष समाप्तिको पूर्व सन्ध्यामा तीब्रगतिले भइरहेको विकास निर्माणको काममा जेसीबी प्रयोग गरी नगरपालिकाले आम्दानी बढाउनु पर्नेमा गत चैतदेखि नै उक्त जेसिवि थन्किएको छ । जेसीबी भाडामा प्रयोग गरेबापत प्राप्त रकमको नगरपालिकामा कुनै हिसाबकिताब नभएको बताइएको छ । एक वर्षमा दुई हजार चार सय ५० घण्टा जेसीबी प्रयोग भएको लगबुकमा उल्लेख रहेको छ ।

उक्त समय अबधीमा झण्डै २५ लाख आम्दानी हुनु पर्ने देखिएको छ । जेसिवी लगायत अन्य योजनाहरुको खर्च सार्वजनिक गर्न माग गरेपनि आलटाल भैरहेको चन्द्रपुर नपा वडा नम्बर ६ का वडा सदस्य जंगबहादुर घलानको गुनासो समेत रहेको छ । जेसीबीको हिसाब माग गरेपछि जेसिवी बिग्रीएको भन्दै थन्काएर राखेको स्थानीयको आरोप रहेको छ । नगर प्रमुख रामचन्द्र चौधरीले जेसीबीको हिसाब किताबको लेखा परीक्षण भइसकेको तर सार्वजनिक भने नभएको बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार