मोदीलाई नेपाल भ्रमणको निम्तो

  मूलधार पोष्ट  291 पटक हेरिएको

काठमाडाैं-भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । शुक्रबार बिहान भएको मोदीसँगको भेटमा उहाँले नेपाल भ्रमणको निम्तो दिनुभएको हो । प्रधानमन्त्री मोदीको सपथ समारोहमा भाग लिन ओली हिजो नयाँदिल्ली जानुभएको थियो ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निमन्त्रणा पनि हस्तान्तरण गर्नुभएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिनुभएको थियो । भेटपछि सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री मोदीले लेख्नुभएको छ,‘नेपाल भारत सम्बन्धलाई थप उचाइमा पु¥याउने बारेमा बिभिन्न कोणबाट हामीबीच छलफल भयो, छलफल उपलब्धिमूलक भयो ।’

पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेकको छुट्टै महत्व भएको टिप्पणी गर्दै सार्कलाई बिमस्टेकको विकल्पको रुपमा बुझ्न र लिननहुने धारणा राख्नुभयो । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार