सुत्नेसमयमा भोली जेठ १८ गते राशिअनुसार कुन व्यक्तिको लागि कस्तो भाग्यफल

  भोलीको राशिफल  1049 पटक हेरिएको

भोली मिति २०७६ साल जेठ महिनाको १८ गते शनिवार । अंग्रेजी पात्रोअनुसार २०१९ जुन १ तारिख रहेको छ ।
मेष –मेष राशिभएकाहरुको लागि भोली जेठ १८ गते शनिवारका दिन  इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । बृष– चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

मिथुन– श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । कर्कट– कर्कटको लागि पनि भोली शनिवारका दिन गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सिंह– धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । कन्या– आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।

तुला– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । बृश्चिक– विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।

धनु– आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । मकर– भोली जेठ १८ गतेका दिन मकरको लागि काम बिग्रने डरले सताइरहने दिन हो । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

कुम्भ– पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । मीन – विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

अन्तमा समयको महत्व : समय एउटा वेग वा गति हो जो निरन्तर आफ्नै हिसावले अगाडि बढिरहेको हुन्छ । न हामीले यसलाई रोक्न सक्दछौं न त यसलाई छेक्न सक्दछौं । यो आफ्नै गतिमा निरन्तर अगाडि बढिरहेको हुन्छ । हामीले नचाहँदा नचाहँदै पनि समयअनुसार चल्नर्ुपर्दछ । यदि मलाई कसैले जीवनको सबैभन्दा महत्वपर्ूण्ा र अनमोल कुरा के हो भनी सोध्यो भने मैले त्यसको उत्तरमा सबैभन्दा महत्व र अनमोल कुरा समय हो भन्नेछु । समय कसैको वशमा छैन, कसैको इच्छाले रोकिने र पर्खिने गर्दैन एकपटक बितेको समय फेरि कहिल्यै फर्किएर आउ“दैन ।

समयअनुसार सबै चिज परिवर्तन हुन्छन् । जस्तै बालक जवान हुन्छ, जवान बृद्ध हुन्छ, यो प्रकृतिको नियम हो । समयलाई चिनेर हामी समयअनुसार अगाडि बढ्न सक्नर्ुपर्दछ । समयलाई नचिनेर हामीले त्यसलाई बेवास्ता गर्‍यौं भने भविष्यमा हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । समयलाई चिन्ने र समयानुकूल चल्नसक्ने व्यक्तिले जहिले पनि आफ्नो लक्ष्य पूरा गर्न सक्छ । समयको कदर नगर्ने व्यक्तिले कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन र त्यस्तो व्यक्तिको जीवनको कुनै अर्थ पनि रहँदैन ।

जीवन संघर्षौ संर्घष्ाले भरिएको हुन्छ, यसलाई पार गर्न समयको सही सदुपयोगको महत्वपर्ूण्ा भूमिका रहन्छ । समयले हरेक मानिसलाई अगाडि बढ्ने मौका दिएको हुन्छ हामीले त्यो मौकाको दुरुपयोग गर्‍यौं भने हामी कहिल्यै पनि अगाडि बढ्न सक्दैनौं । अहिले म समयको बारेमा लेख्दैछु एकछिनपछि समयले मलाई के गराउँछ र कहाँ पुर्‍याउँछ केही ठेगान छैन । समयका पलपलका क्षणहरु फरक फरक तरीकमाबाट गुज्रिरहेका हुन्छन् ।

हामी आजका स्कूले विद्यार्थी हामीले अहिलेको समयलाई सही तरीकाले उपयोग गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुनेछ । यसको सही उपयोग गर्न सिक्नर्ुपर्दछ । कसैले पनि समयलाई चुनौती दिन सक्दैन, अल्छिपना समयको सबैभन्दा ठूलो शत्रु हो । “समय आउँछ पर्खिदैन बगेको खोला फर्किदैन” यो उक्तिलाई मनन् गरी सही समयमा सही काम गर्न सक्यौं भने हाम्रो भविष्य उज्ज्वल हुन्छ । यही समयलाई चिन्न सकेनौं भने अन्धकार हुन्छ । समयको एक क्षण पनि महत्वपर्ूण्ा हुन्छ यसलाई चिनेर ठीक-ठीक समयमा हामी चल्न सक्नर्ुपर्दछ । एक क्षणको ढिलाइले हाम्रो गन्तव्यको यात्रा छुट्न सक्छ ।

ठीक समयमा औषधि उपचार गर्न नसक्दा मानिसको ज्यान गुम्न सक्छ । विद्यार्थी ठीक समयमा जाँचको बेला उपस्थित नहुँदा जाँच दिन नपाई उसको वर्षदनको पढाइ वर्वाद हुनसक्छ । जागिरे ठीक समयमा आफ्नो काममा नपुग्दा उसको अफिसमा खराब रर्ेकर्ड बन्नसक्छ र उसको कारणले सेवाग्राहीहरुले दुःख पाउनर्ुपर्दछ । कृषकले समयमा खेती गरेन भने उसको खेत बाँझै रहन सक्छ । समयलाई नचिन्दा उद्यमीको सारा काम चौपट भई करोडौंको नोक्सान हुनसक्छ । समयलाई मानिसले चिन्न सक्नर्ुपर्दछ र समयअनुसार गतिशील हुन सक्नर्ुपर्दछ । यही समयलाई नचिन्दा र समयको गतिस“ँगै अगाडि बढ्न नसक्दा प्रकृतिको धनी हाम्रो देश संसारको सबैभन्दा गरीव देश भएको छ, हामी गरीव देशका दुःखी जनता भएर दिन काट्नु परेको छ ।

जीवन र प्रकृतिको प्रवाहमय परिवर्तन गति हो । समयको महत्वलाई बुझ्न सकिएन र चलिएन भने प्राप्त गरिएका उपलब्धिहरु पनि खोसिने छन् । बुद्धिमान मानिस भूतकालबाट शिक्षा लिई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको यथार्थमा क्रियाशील रहन्छ । रात रहे अग्राख पलाउँछ भन्नेहरुले समयको महत्वलाई बुझी अगाडि बढनु नै बुद्धिमानी हुनेछ । त्यसैले समयप्रतिको सचेतना नै सफलताको भर्‍याङ हो, जीवनको सार हो र कर्तव्यपथ हो । समयको महत्व बुझ्नु भनेको यथार्थवादी एवं वस्तुवादी बन्नु हो । सानोदेखि ठूलोसम्मले आ-आफ्नो स्थान र हैसियतको जिम्मेवारी ठीक-ठीक समयमा इमानदार बनी सम्पन्न गर्न सक्यौं भने मात्र सफलता चुम्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार