बिच सडकमै महिलालाइ ड्राइभरद्धारा कुटपीट (भिडियो सहित)

  मूलधारपोष्ट  325 पटक हेरिएको

कञ्चनपुर- एकजना सवारी चालकले बिच सडकमै महिलामाथि दुव्र्यवहार गर्दै कुटपिट गरेका छन्। शुक्रबार दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहोराले सडकमै महिलामाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढथापाले बोहोराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेको जानकारी दिए।

उनले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैया भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए। चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ।

मझगाउँ विमानस्थलका बजेट माग्दै कञ्चनपुरबासी आन्दोलित।
सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि व्यवस्था नगरेको भन्दै कञ्चपुरबासी आन्दोलित भएका छन् । रमेश चन्दको संयोजकत्वमा संघर्ष समिति गठन गरेर मझगाउ विमानस्थल सुचारुका लागि दबाबमुलक कार्यक्रम गर्दै आएका कञ्चनपुरबासीहरु संघीय सरकारले मझगाउँ विमानस्थल सुचारुका लागि कुनै चासो नदिएको र कञ्चनपुरबासीहरुको भावनामाथी खेलवाड गरेको भन्दै आन्दोलित भएका छन् ।

उनीहरुले आज विहान महेन्द्रनगर बजारमा प्रर्दशन गरेर सरकार मझगाउँ विमानस्थलका लागि बजेट खोइ भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् । मझगाउँ विमानस्थल संघर्ष समितिको नेतृत्वमा महेन्द्रनगरको मदनचोकबाट निकालिएको ¥याली भानुचोक, ट्राफिकचोक, जिल्ला प्रसाशन कार्यालय, दशरथ चोक, बजार हुदै पुनः मनद चोकमा पुगेर समापन गरिएको थियो । संघीय सरकारले आर्थिक बर्ष २०७६÷०७७ मा मझगाउँ विमानस्थल सञ्चालनका लागि कुनैपनि बजेट बिनियोजन नगरेको भन्दै सांकेतिक बिरोध स्वरुप ¥याली निकालिएको संघर्ष समितिका सञ्चार संयोजक ज्ञानेन्द्र महताले बताउनु भयो ।

विमानस्थल सञ्चालनका लागि आफुहरु प्रक्रियागत रुपमा अगाडी बढिरहेका बेला सरकारले मझगाउँ विमानस्थल सञ्चालनका लागि बजेट बिनियोजन नगरेर कञ्चनपुरबासीहरुलाई धोका दिएको स्थानीयको गूनासो छ । सरकार बेलैमा मझगाउँ विमानस्थलका बिषयमा संम्वेदनशिल नभए कञ्चनपुरमा फेरी आन्दोलन चर्किन सक्ने तर्फ संम्वेदशिल हुनुपर्ने संयोजक महताले बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार