‘ए मेरो हजुर ३’ को राधे कृष्ण गीत सार्वजनिक (भिडियो )

  मूलधारपोष्ट  799 पटक हेरिएको

चलचित्र उद्योगकी अभिनेत्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ बोलको गीत बिहिबार बुद्धासुब्बा डिजिटल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको ५१ औं दिनको पूर्वसन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत हिजो रिलिज गरिएको हो । अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित यस चलचित्र गत चैत्र १९, २०७५ गते अल नेपाल रिलिज भएको थियो ।

सार्वजनिक यस गीतमा सुहाना थापालाई फिचर्ड गरिएको छ भने भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा प्रविशा अधिकारी र सुरज लामाले स्वर दिएका छन् । गीतको एरेञ्ज उदयराज पौडेल गरेका छन् ।

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले निर्माण गरेको यस चलचित्रको अहिलेसम्मको कुल कमाई ९ करोड ६३ लाख रहेको छ । चलचित्रले ५१ पदन मनाउने भएपनि अहिलेसम्म १० लाखको व्यापार भने गर्न सकेको छैन । चलचित्रमा अनमोल र सुहानासहित सलोन बस्नेत, अर्पण थापा, रेअर राई, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ । झरना थापा र सुहाना अहिले चलचित्रको प्रदर्शनका क्रममा युरोपमा छन् । भिडियो हेर्न यहाँ जानुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार