चलचित्र देखि मोडलिङसम्मको यात्रामा सगुन शाही

  मूलधार पोष्ट  351 पटक हेरिएको

नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन । जस्को रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् । चलचित्र क्षेत्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेपनि उनी चलचित्रमा जम्न भने असफल भइन् ।’ तर नेपाली लोकदोहोरी म्युजिक भिडियोमा राम्रो छाप राख्न सफल मोडेल चाहिँ पक्कै हुन् । कुनै बेला उनिलाई अभिनेत्री शिल्पा पोखरेल सँग अनुहार मिल्ने मोडेल भनेर पनि हल्ला चलेको थियो ।

एकताका आफ्नो मोडलिङलाई बिचैमा छाडेर उनी बिदेश पनि उडिन्,’त्यसपछि सगुनले अब सांगीतिक क्षेत्र छाडेकी हुन त, भन्ने प्रश्नहरु आइरहँदा फेरि नेपाल फर्केर मोडलिङ क्षेत्रमा अनवरत अभिनय गरिरहेकी छिन् । अभिनय र सुन्दरताले परिचित मोडेल सगनु शाही “आफुले नौं कक्षामा अध्ययन गर्दागर्दै १६ बर्षकै कलिलो उमेरमा चलचित्रमा अभिनय गरेको बताउँछिन्।” सगुन शाहीले अहिलेसम्म आधुनिक र लोकदोहोरी धेरै गीतमा अभिनय गरिसकेकी छिन् । लजालु स्वाभावकि सगुन मिडियामा भने कमै देखिन्छिन् ।

‘तर एक समय उनको केही हट फोटोहरुले पत्रपत्रिका देखि सामाजिक सञ्जालमा राम्रो स्थान पाएको थियो । “हट फोटोहरु सुट गर्न आफ्नो रुचि रहेको पनि बताउँदै आएकी छिन् सगुन।” सगुनको बेला बेलामा प्रेम चर्चा पनि चल्ने गर्छ विभिन्न सोसल मिडियाहरुमा तर अहिलेसम्म प्रेमसम्बन्धको बारेमा मुख भने खोलेकी छैन् । आज उनै मोडेल सगुन शाही ठकुरीको जन्मदिन परेको छ । नायिका तथा मोडल सगुन शाहीलाई हाम्रो मिडियाको तर्फबाट जन्मदिनको धेरैधेरै शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार