सयुक्त बजार व्यवस्थापन समिति गठन

  मूलधारपोष्ट  148 पटक हेरिएको

बाजुरा-जिल्लाको मार्तडी क्षेत्रमा रहेका सबै व्यापारीहरुको सयुक्त बजार व्यवस्थापन समिति गठन गरिएको छ । दुनि हाटबजारलाई केन्द्रीत गरेर गठन गरिएको समितिलाई विस्तार गर्दै बडिमालिका ८ र ९ मा रहेका सबै व्यापारी रहेको समिति गठन गरिएको हो । उद्योग वाणिज्य संघ बाजुराको संयोजनमा आयोजित व्यापारीहरुको भेलाबाट समिति गठन गरिएको हो ।

नयाँ गठन गरिएको समितिमा चक्रबहादुर मल्ल अध्यक्षमा चयन भएका छन् । यस्तै उपाध्यक्षमा धनकृष्ण विक, सचिव मदन रोकाया सहसचिव देव रोकाया, कोषाध्यक्ष सुरेन्द्र नाथ सर्वसम्मत चयन भएका छन् । २१ सदस्यीय समितिको सदस्यमा धनबहादुर रोकाया, जयराज उपाध्यक्ष, चक्रबहादुर सिंह, दिलबहादुर थापा, ज्ञानबहादुर बोहरा, गोरख बहादुर अयडी, अमृता थापा, पदम बहादुर राना, सरिता खड्का, विमला थापा, कमला खड्का, मोतिलाल उपाध्याय, माया भट्ट, शेरबहादुर रावत र जुना रोकाया रहेका छन् ।

यस्तै सल्लाहकारमा काशीचन्द्र जोशी संयोजक, प्रकाश बहादुर थापा, गोरख बोहरा हंशबहादुर सिंह चक्रत्रहादुर रोकाया, अफिलाल धामी र बहादुर रोकाया सदस्य रहेको समिति गठन गरिएको छ । कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाको उपस्थितिमा सञ्चालन गरिएको नवनिर्वाचित अध्यक्ष चक्रबहादुर मल्लले बताउनु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार