सुत्नेसमयमा भोली जेठ १७ गते राशिअनुसार प्रत्यक व्यक्तिको भाग्यफल

  भोलीको राशिफल  792 पटक हेरिएको

भोली मिति २०७६ साल जेठ महिनाको १७ गते शुक्रबार अंग्रेजी पात्रोअनुसार २०१९ मे महिनाको ३१ तारिख रहेको छ मेष– क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।

बृष– धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिने मिथुन –अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ ।

कर्कट– गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । सिंह– व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । कन्या– पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ ।

तुला– दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । बृश्चिक– बृश्चिक राशिभएकाहरुको लागि शुक्रबारका दिन रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । समग्रमा राशिलाइ राम्रो/नराम्रो दुबै रहेको छ।

धनु– विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन । धनुराशिभएकाहरुको लागि भोली जेठ १७ गते शुक्रबारका दिन समग्रमा राम्रो देखिन्छ मकर–मकर राशिभएकाहरुको लागि भोली जेठ १७ गतेका दिन पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

कुम्भ– आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् ।र समग्रमा भन्दा कुम्भ राशिभएकाकरुको लागि भोली जेठ १७ गतेका दिन समय राम्रो छ ।
मीन– दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ ।

र अन्तमा भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । अन्तमा मेहनत, इमानदारी, धैर्य र दूरदर्शी सोच व्यवसायलाई अगाडि बढाउने चार मुख्य तत्त्व मान्छिन् उनी । आफ्नो व्यावसायिक सफलताको जस पनि उनी यी चार तत्त्वलाई नै दिन्छिन् । लाजिम्पाटस्थित  ‘आमा क्राफ्ट’ की प्रबन्ध निर्देशक रिता सिम्हाले सन् १९९१ बाट व्यावसायिक यात्रा शुरू गरेकी हुन् । व्यावसायिक परिवारमा जन्मेकी उनलाई घरको वातावरणले जीवनमा केही गर्नुपर्छ भन्ने प्रेरणा मिलेको थियो । सेण्टमेरिजबाट स्कूल तह पूरा गरेकी रिताले दिल्ली युनिभसिटीको लेडी श्रीराम कलेजबाट स्नातक गरेकी छन् । परिवारमा सिकेको व्यावसायिक ज्ञानलाई विवाहपछि सासूले अझ व्यवस्थित गरिदिएको उनको अनुभव छ । ‘सासूको प्रोत्साहन र प्रेरणाले नै व्यवसायमा अगाडि बढ्ने मौका पाएँ’, उनले भनिन् । ‘उहाँमा भएको सकारात्मक सोचले नै मलाई अगाडि बढ्ने प्रेरणा मिल्यो ।

उनी परिश्रमबाट मात्र सफलता पाइनेमा विश्वास राख्छिन् । उनले नेपाली ढाका, पश्मिना तथा प्राकृतिक रेशाबाट निर्मित पोशाकको व्यवसाय गर्दै आएकी छन् । इङ्ल्याण्डकी एक नागरिकको प्रेरणाले उनी ढाकाको व्यवसायमा प्रवेश गरेकी हुन् । सन् १९९१ मा काठमाडौंमै भेटिएकी ती विदेशीले उनलाई ढाका कपडाबाट आधुनिक पोशाक बनाउने सुझाव दिइन् । सहरमा हुर्केकी रिता पहिलोपटक ढाका कपडाका लागि पहाडी जिल्ला तेह्रथुमको यात्रामा निस्किन् । धनकुटाको हिलेबाट पैदल तेह्रथुम पुगको उनको अनुभव छ । ‘तेह्रथुमका महिलाले त्यस समय ३३ इञ्चको तानमा ढाका कपडा बुन्ने गर्थे, मैले ४५ इञ्चमा बुन्न लगाएँ उनले भनिन् । यसैबाट उनीहरू र म दुवैलाई फाइदा भयो ।’ सेतो र रातो धागोमा परम्परागत रूपमा बुनिँदै आएको ढाका कपडामा उनले अन्य रङको संयोजन गरिन् । यो संयोजनबाट ढाका कपडालाई अझ आकर्षक बनाउन मद्दत पुगेको उनले बताइन् ।

त्यसबेला यातायातको सुविधा नपुगेको तेह्रथुमबाट ढाका कपडा राजधानी ल्याउन निकै कठिन थियो । त्यसको व्यवस्थापन पनि उनले मिलाइन् । त्यसै वर्षउनले काठमाडौंको ठमेलमा ‘क्रियसन नेपाल’को नाममा ढाका कपडाको ‘शोरूम’ खोलिन् । टोपी र चौबन्दी मात्र लगाउँदै आएका नेपालीदेखि विदेशी पर्यटकसम्मलाई ढाकाको आधुनिक तयारी पोशाकले निकै आकर्षित गरेको उनको भनाइ छ । नेपाल भ्रमण वर्ष१९९८ को समयमा ढाकाका पोशाक किन्ने विदेशीको घुइँचो लाग्ने गरेको उनी सम्झिन्छिन् । ढाका कपडाले नै आफूलाई व्यवसायमा स्थापित गरेको उनको ठम्याइ छ ।

रिता आफूले उत्पादन गर्ने सामानको गुणस्तरमा कहिल्यै सम्झौता गर्दिनन् । वस्तुको गुणस्तरले नै ग्राहकको विश्वास जित्ने उनको दाबी छ । उनले नगरकोटमा पनि क्रियसन नेपाल क्राफ्टको शोरूम खोलेकी छन् । शोरूममा ६ सयदेखि १२ हजार रुपैयाँसम्मका ढाका, पस्मिना र प्रकृतिक रेशाका सामान पाइने उनले जानकारी दिइन् । शान्त स्वभावकी रिता सामान्य जीवनयापन गर्न मन पराउँछिन् । उनी व्यावसायिक कामको सिलसिलामा विदेश भ्रमण गर्दा झोलामा ‘नेपाली खास्टो’ कहिल्यै छुटाउँदिनन् ।

सन् १९९४ मा नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत एक विदेशी गैरसरकारी संस्थाले दिएको तालीमबाट आफ्नो व्यावसायिक ज्ञान वृद्धि भएको उनको अनुभव छ । व्यवसाय कसरी सञ्चालन गर्ने, वस्तुको मूल्य कसरी मापन गर्नेजस्ता कुरा तालीमबाटै सिकेको उनी बताउँछिन् ।

उनी आफूमात्र उद्यमी बनेकी छैनन् । आफ्नो शीपले अरू महिलालाई पनि उद्यमी बनाएकी छन् । उनले धेरै गाउँले महिलालाई विभिन्न व्यावसायिक तालीम दिएर उद्यमी बनाएकी छन् । आफूसँग शीप सिकेर काम गर्दैर् आएका महिलाको प्रगति देखेर उनी अहिले निकै हषिर्त छिन् । रिताले व्यवसायको मात्र होइन कुशल शिक्षिकाको अनुभवसमेत बटुलेकी छन् । परिवारसँग मिलेर उनले सन् १९८७ मा काठमाडौंको धापासीमा त्रियोग हाइस्कूल स्थापना गरिन् । ४० जना विद्यार्थीबाट शुरू भएको उक्त स्कूलमा अहिले १२ सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । तोते बोली बोल्ने बालबालिकालाई शिक्षिका भएर कखरा सिकाउँदाको अनुभूति अहिले पनि ताजा र निकै मीठो भएको उनी बताउँछिन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रिता महिलाले क्षमता विकास गर्नका लागि स्वतन्त्र व्यवसाय नै अपनाउनुपर्ने बताउँछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार