मेयर रेणु दाहालको एक्शनपछि क्रिकेट रंगशालामा डोजर चलाउने प्रकाउ

  मूलधारपोष्ट  209 पटक हेरिएको

चितवन- धुर्मुस–सुन्तली फाउण्डेशनले चितवन जिल्लामा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापाताको बार स्थानीयले बुधबार बिहान भत्काइदिएका छन् । स्थानीय असन्तुष्ट पक्षले जस्तापालाकाे बार भत्काएकाे चितवन प्रहरीले जनाएको छ । डोजर नै प्रयोग गरेर झण्डै १ किलोमिटर क्षेत्रमा लगाइएको बार भत्काइएको छ ।

रंगशाला बनाउने बहानामा सडक मिचेको भन्दै स्थानीयहरूले विरोध गर्दै आएका थिए । प्रहरी र मेयरले बार भत्काउनेहरूलाई अराजक व्यक्तिहरूको संज्ञा दिएका छन् । बार भत्काउनेहरूमा सत्तारुढ नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरू रहेको जनाइएको छ । बार भत्काइएको क्षेत्रको बुधबार जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललगायतले अनुगमन गरेका छन् ।

बार भत्काइएको स्थानको अवलोकनपछि मेयर रेणु दाहालले दोषीलाई कारबाही गर्न एसपी दानबहादुर मल्ललाई निर्देशन दिएकी थिइन् । रेणुकाे निर्देशनसँग एसपी मल्ले नेकपाका कायर्कतार्ताहरू पक्रउ गरेका छन् । घटनामा संलग्न भएको आशंकामा १६ जना पक्राउ गरेको चितवन प्रहरी प्रवत्ता डिएसपी दुर्गाराज रेग्मीले बताएका छन् । भत्काउन प्रयोग गरिएको डोजर समेत नियन्त्रणमा लिइएको छ । रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरूको माग छ । स्थानीयले समेत केही मिटर छाडेर बाटो खोल्ने सहमति भएको ४ दिनपछि नै केही व्यक्तिहरूको उक्साहटमा जस्ताको बार भत्काइएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार