सुत्नेसमयमा भोली जेठ १६ गते राशिअनुसारको प्रत्यकको भाग्यफल

  आजको राशिफल  846 पटक हेरिएको

भोली मिति २०७६ साल जेठ महिनाको १६ गते बुधवार । अंग्रेजी पात्रोअनुसार २०१९ मे महिनाको ३० तारिख ।
मेष – सुरुमा मेष राशिभएकाको लागि भोली बिहिवारका दिन लामो वा छोटो तर रमणिय यात्राको योग रहेको छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।

बृष– पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।मिथुन– काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।

कर्कट– भाग्यको मार्गमा अवरोध आउनसक्छ । प्रेम र भाइचाराका लागि दानपुण्यमा सहभागी हुनु भएमा रोकिएको काम बन्नसक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । सिंह– भाग्यस्थानमा चन्द्रमाको प्रवेश हुँदैछ, तर पनि परिस्थिति विपक्षमा नै रहने सङ्केत देखिन्छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ । दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ ।

कन्या– घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । तुला– मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

बृश्चिक– मानसम्मानमा गिरावट आउन नदिन प्रयास हुनेछन् । ज्ञानविज्ञान वा पठनपाठनमा ध्यान केन्द्रित हुन सक्दैन । बन्दव्यापारमा ध्यान पुर्याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ । मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय व्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ । सन्तति वा भाइबहिनीका समस्यामा घोरिनु पर्ने समय छ । धनु– धनु राशिभएकाहरुको लागि भोली जेठ १६ गतेका दिन मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।

मकर –मकर राशिभएकाहरुको लागि जेठ १६ गते पराक्रम र प्रसिद्धि बढाउने समय रहेको छ,। त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।समग्रमा मकरको लागि भोली बिहिवार समय राम्रो रहेको छ ।कुम्भ -वित्तीय पक्ष राम्रो छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो समय नै छ ।

मीन -नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

चेतना, अवचेतना र अचेतनाको अवस्था !
सहजरुपमा छोएर, देखेर, अनुभव गरेर, सुनेर र सुँघेर तत्तत् अनुरुपको अनुभवका लागि मस्तिष्कले तत्तत् अनुरुपको फरक छुट्याउँदछ भने मगजले चेतन भएर काम गरेको हुन्छ, जुन जुन समयमा मस्तिष्कलाई मानिसको निर्णय क्षमताले पनि प्रभाव पारेको अवस्था हुन्छ, त्यो नै सचेत वा चेततन अवस्था हुनसक्छ । यो चेतन अवस्थाको कारणले मानिस आफ्नो स्वभावले समाजमा छुट्टाछुट्टै प्रभाव र असर बनाउने गर्दछ । तसर्थ उ, अन्य प्रणीभन्दा छुट्टै र विशिष्ट प्रकारको बनेको हो । ज्ञान,विज्ञान, बुद्धि, विवेक, दर्शन आदि इत्यादि सबै चेतन अवस्थाका परिणाम हुन यसर्थ चेतन अवस्थामा मानिसले नै तर्क, कुविचार, मुर्खतादेखि नाटकिय क्रियाकालापसम्म मानिस यहि चेतना मनको आधार लिएर शरीर चलाई रहेको हुन्छ । र त्यहि शरीरको विभिन्न अलंकार लिएर जीवन सहज बनाउने प्रयास गर्दछ । व्यक्तिको व्यक्तिगत छनोट र निर्णय, पनि यहि चेतन अवस्थाले गर्ने गर्दछ ।

मानिसमा वा कुनै पनि सचेतनायुक्त प्राणीमा अनुभव, देख्ने क्षमता, सुन्ने क्षमता, बोल्ने क्षमता, र स्वाद र सुँघ्ने क्षमताको तत्कालीन वा अल्पकालीन वा दिर्घकालीन अवस्थामा विनास हुनु अचेतन अवस्था हो । यसलाई बेहोस अवस्था वा मृत्यु वा अवस्था पनि भन्न सकिन्छ । मानिसले आफुलाई सचेतन अवस्था हँुदा हुँदै उसले आफ्नो स्तविकतालाई कसरी उजागर गर्दछ जो स्वयंलाई थाहा हँुदैन र उसले आफ्नो प्रकृतिक गुणको स्पष्टोक्ति गरिरहेको हुन्छ । यदि हामीले निम्न अवस्था र चालढाललाई विचार पु¥यायौं भने हामी मानिसलाई सजिलै चिन्न सक्दछौं । ती हुन् –मानिसको हँसाइ, हेराइ, बसाइ, बोलाइ, उभ्याइ, लियाइ–दियाइ छनौट प्रकृया, आदि इत्यादि । मानिस किन चिन्नु प¥यो ? यो एउटा गम्भीर प्रश्न हो । मानिसले वा हरेक प्राणीले जन्मने वित्तिकै उसले आफ्नो जन्म जननी चिन्ने गर्दछ । त्यसपछि आफ्नो घर परिवार चिन्दछ । साथीभाई संगी चिन्दछ जब उ बाल्यअवस्थामा चिनिएकाले मात्र पुग्दैन उसलाई÷उसले समाजमा भएका मानिसहरुलाई चिन्नु पर्दछ । मानिस जति धेरै चिन्यो उसको उति धेरै सफलताका राज खुल्ने गर्दछ । तसर्थ समाज हुदै राष्ट्र र अन्तराष्ट्रिय चिनजान मानिसको लक्ष्य प्रप्तीको एउटा उद्देश्य प्राप्ति पथ हो ।

मानिसको चिनजान रुपले पनि हुने गर्दछ । उसको नाम, थर, समुदाय र कर्मले पनि चिनिने गर्दछ । तर यी चिनारी सही नहुन पनि सक्दछन् । जीवनमा उपयुक्त नहुन पनि सक्दछन् । बोलीले मानिसलाई चिन्दा उसको हृदय र सोचको कुराको सञ्चार नहुन पनि सक्दछ । तसर्थ मानिसलाई सही मानेमा चिन्नु जीवनलाई सफलतातर्फ उन्मुख गर्नु हो । हामी आफ्नो विधालयमा पढ्दा उपयुक्त सहपाठी चिन्नु पर्दछ । कार्यालयमा काम गर्दा कुन सहकर्मी कुन स्वभावको चिन्नु जरुरी छ । व्यवसायीले कुन ग्राहक कस्तो चिन्नु आवश्यक छ । परीक्षकले कुन परीक्षार्थी कस्तो जान्नु आवश्यक छ । कुन मित्र र कुन ईष्ट कस्तो भनि बुझ्नु आवश्यक छ । यदि मानिसलाई सहि समयमा चिन्न सकिएन भने समयको बर्बादिका साथै भविष्य अन्धकारमय हुन त छदैछ वर्तमानमा पनि विपत्तिको घेराभित्र पर्ने अवश्यभावी छ । तसर्थ समयमै मानिस चिनौं, सफल जीवन बनाऔं । जस्ले जति धेरै मानिसको प्राकृतिक गुण चिन्दछ । उसले नै सचतना अपनाई जोखिम कम गर्दछ । र सफलताको बाटो तिर अग्रसर हुने गर्दछ । भनिन्छ सामान्य मानिसको २ प्रतिशतदेखि ४ प्रतिशत र विशिष्ठ मानिसको १० प्रतिशत सम्म सचेत मस्तिष्कले काम गरेको हुन्छ र बाँकि ९० देखि ९८ प्रतिशतसम्म मस्तिष्क सुषुप्त अवस्थामा रहेको हुन्छ । त्यहि सुषुप्त अवस्थामा रहेको मस्तिष्कको निष्कृयताभित्रको आंशिक हो अवचेतन अवस्थाको प्रदर्शन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार