उज्यालो अभियान दैनिक पत्रिकाको बिमोचन

  मूलधारपोष्ट  394 पटक हेरिएको

एस.पी गाैरब-गणतन्त्र दिवशको अवसरमा सर्लाहीको हरविनमा उज्यालो अभियान दैनिक पत्रिकाको बिमोचन गरीएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषअध्यक्ष राजेश मिश्रको प्रमुख आतिथ्यता तथा स्थानिय पत्रकार कृष्ण थपलियाको अध्यक्षतामा पत्रिकाको बिमोचन गरीएको प्रकाशक अच्युतम सापकोटाले बताउनु भयो ।

समाजमा रहेका विकृति, विसंगतीलाई अन्त्य गर्दै गाउँ बस्तीका समस्या सहर सम्म पुर्याउने उद्देश्य अनुरुप पत्रिका निकाल्न सुरु गरिएको अध्यक्ष थपलियाले बताउनु भयो । आफुले भोट हालेर पठाएका जनप्रतिनिधिहरुका काम कार्बाही नागरीकको माझमा पुर्याउन पत्रिका टिम निरन्तर लागि रहने पत्रिकाका प्रकाशक सापकोटाले बताउनु भयो ।

कार्यक्रममा हरीवन नगरपालिका,बाग्मती नगरपालिका,हरिपुर नगरपालिका र कविलाशी नगरपालिकाका प्रमुखहरुको साथै स्थानिय जनप्र्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

गणतन्त्र दिवसमा विद्यार्थीहरुलाई पुरस्कृत ।
सर्लाहीको लालबन्दीमा रहेको जन ज्योती माविले गणतन्त्र दिवशको अवसरमा परिक्षाको नतिजा राम्रो ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । बार्षिक परिक्षामा राम्रो नम्बर ल्याउने कक्षा १ देखि ९ सम्मका ३६ जना विद्यार्थीहरुलाई पुरष्कृत गरिएको जनज्योती माविका प्रधानाध्यापक रामनिवास साहले बताउनु भयो । साथै दिवशको अवसर पारेर विद्यालयले वक्तृत्वकला समेत गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनिष माझिले बताउनु भयो ।

साथै गणतन्त्र दिवशकै अवसरमा विद्यालय प्रथम हुने विष्लेषण पौड्याललाई रु ७ हजार नगदले सम्मान समेत गरिएको विद्यालयले जनाएको छ । साथै गणतन्त्र दिवशकै अवसरमा हरिवन नगरपालिकाले पनि आफ्नो नगर भित्रका १२ वटा विद्यालयको सहभागीतामा वक्तृत्वकला प्रतियोगीता गरेको छ । जसमा शिशु प्रज्ञा सदन हरिवन–९ प्रथम,मनकामना मावि हरिवन–११ द्धितिय र महाविर जन्तामावि हरिवन–८ तृतिय भएका हरिवन नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार