प्रधानमन्त्री ओली भोली भारत जाँदै

  मूलधारपोष्ट  256 पटक हेरिएको

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन्।

ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली दिल्ली जान लागेका हुन्। दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। फाइल तस्विर ।

मोदीले मे ३० अर्थात जेठ १६ मा सपथ लिने ।
भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार्यकालका लागि ३० मेमा सपथ लिने भएका छन् । भारतको राष्ट्रपति भवनमा ३० मेमा मोदीसँगै अन्य केन्द्रीय मन्त्रीले पनि सपथ लिने भएका हुन् । भारतका राष्ट्रपति रामनाथ कोविन्दले ट्विटरमा एउटा पोस्ट राख्दै यो जानकारी दिएका हुन् ।

भर्खरै सम्पन्न निर्वाचनमा प्रचण्ड बहुमत ल्याएका भारतीय जनता पार्टीको तर्फबाट शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति कोविन्दलाई भेटेर सरकार बनाउने दाबी पेश गरेका थिए । निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धन एनडिएले ३५२ सिटमा जित दर्ज गरेको छ । यसमध्ये भारतीय जनता पार्टी एक्लैले ३०३ स्थानमा जित हासिल गरेको छ ।

सरकार बनाउने दाबी पेश गरेलगत्तै मोदीले राष्ट्रपति भवनमा नै आफूउहरुले जनादेशअनुसार काम गर्ने र जनादेश नै आफ्ना लागि सबैभन्दा ठूलो कुरा भएको बताएका थिए । यसपटक मोदीको सरकारका मन्त्रीमा नयाँ अनुहार देख्न सकिने विश्वास गरिएको छ । कतिपयले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि मन्त्री हुनसक्ने नुमान गरेका छन् । तर, शाहले अध्यक्ष पदबाट तत्काल राजीनामा नदिने तर्कहरु पनि आएका छन् । मोदीको सपथ ग्रहणमा यसअघिको जस्तै विभिन्न देशका प्रमुखहरु बोलाइने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार