अभिनेत्री करिष्माले गरिन पार्टी परित्यागको घोषणा

  मूलधारपोष्ट  203 पटक हेरिएको

काठमाडाैं-अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन् । चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रियजस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी हुन् ।

‘मैले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी छु’ अभिनेत्री करिष्माले भनिन् ‘लिखित रुपमा राजीनामा दिन बाँकी रहेको छ ।’ व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ । करिष्मा झण्डै ४ वर्ष अघि २०७२ सालमा डा बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् ।

करिब तीन दशक नेपाली फिल्म अभिनयमा बिताएकी करिष्मा फिल्म क्षेत्रमा सदाबहार ब्युटी अभिनेत्रीको रुपमा चिनिन्छिन् । अहिले पनि फिल्म अभिनयमा सक्रिय करिष्मा केही अगाडि एसईई परीक्षाका कारण चर्चामा थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार