किस गर्नुका फाइदाइृ फाइदा

  एजेन्सी  3119 पटक हेरिएको

दस सेकेन्डको एक चुम्बनको क्रममा करिब आठ करोड जीवाणु चुम्बन गर्नेको मुखमा प्रवेश गर्ने गरेको निष्कर्ष नेदरल्यान्ड्सका वैज्ञानिकको एक दलले निकालेको छ । वैज्ञानिकहरूले १७ देखि ४५ वर्ष उमेर समूहको २१ जोडीको चुम्बन प्रक्रियाको अध्ययन गरेका थिए । दिनभरिमा नौ पटक चुम्बन गर्नेमा र्‍यालमार्फत् जीवाणु स्थानान्तरित गर्ने सम्भावना बढी हुन्छ । मानवको मुखमा ७ सय प्रकारको जीवाणु करोडौंको संख्यामा उपस्थित रहेका र तीमध्ये केही मात्र तीव्र गतिमा स्थानान्तरित हुने गरेको उक्त अध्ययनले जनाएको छ । ती जीवाणुहरू पाचन, पोषण तत्त्वको मिश्रण र रोगको रोकथाममा लाभदायक हुन्छ । नेदरल्यान्ड्सका वैज्ञानिकको यो अध्ययन जर्नल माइक्रोबिओममा प्रकाशित भएको छ । नेदरल्यान्ड अर्गनाइजेसन फर एप्लाइड साइन्टिफिक रिसर्च (टीएनओ) को एक दलले जोडीहरूसँग चुम्बन बानीबारे थुप्रै प्रश्न गरेका थिए ।

यसमा ‘गत वर्ष उनीहरूले कति पटक एकअर्कालाई चुम्बन गरेका थिए रु’ र, अन्तिम पटक लक्ड लिप्स किस ९अधर चुम्बन० कहिले गरेका थिए रु जस्ता प्रश्न गरेका थिए । वैज्ञानिकहरूले सुरुमा ती जोडीको जिब्रो र र्‍यालको नमुना र १० सेकेन्डपछि फेरि त्यही नमुना लिएका थिए ।त्यसपछि उनीहरूलाई जीवाणुको पहिचानलाई सम्भव बनाउने प्रोबायोटिक पेयपदार्थ सेवन गराइयो । अन्तमा जोडीको दोस्रो चुम्बन प्रक्रियापछि वैज्ञानिकहरूले कति जीवाणु अर्को साथीको मुखमा पुगेको पत्ता लगाउन सफल हुन्छन् । यही प्रयोगबाट दस सेकेन्डमा ८ करोड जीवाणु चुम्बन गर्नेको मुखमा पुग्ने गरेको खुलासा भएको हो ।

‘फ्रेन्च किसिङ–दीर्घ चुम्बन’ को माध्यमबाट निकै तीव्र गति र ठूलो संख्यामा जीवाणु एकअर्काको मुखमा पहुँच बनाउने गर्छ,ु अध्ययन दलका प्रमुख प्राध्यापक रेमको कोर्ट भन्छन् । यस अध्ययनबाट जीवाणुबाट उत्पन्न समस्याको उपचार खोज्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । यो चुम्बनको विकासवादी व्याख्या हो । बीबीसीबाट साभार ।

गर्मी बढ्न थालेको छ । यो मौसममा छालाको सुरक्षा चुनौतिपूर्ण हुन्छ । अर्थात गर्मी मौसमका कारण बढ्दो धुँवाधुलोलगायतले छालामा विभिन्न संक्रमण ल्याउँछ । साथै बढि एलर्जी हुने भएकाले पनि छालाको रेखदेख गर्नु आवश्यक छ । त्यसमा पनि खानाका परिकारले पनि छालाको हेरचाहमा ठूलो महत्व राख्छ । छाला स्वच्छ बनाउन पाँच खानेकुरामा विशेष ध्यान पुर्‍याउन आवश्यक छ । रातो मासु र अल्कोहल : रातो मासुले मानव स्वास्थ्यमा असर गर्ने चिकित्सकहरुले बताउँछन् । अल्कोहल त स्वास्थ्यका लागि हानिकारक नै हो । रातो मासु र अल्को हलमा हुने स्याचुरेटेड फ्याटका कारण छाला तथा मुटुमा समस्या हुन्छ । चिल्लो तथा तारेको परिकार :धेरै तेल हालेको, चिल्लो तथा तारेको परिकार पनि छालाका लागि अनुपयोगी हो । धेरै तेलमा भुटेको खाने कुरा पुरी, भटुरा, समोसा, सेलरोटी जस्ता खाद्य पदार्थ खानले छालामा प्रत्यक्ष असर पार्छ । छाला तैलीय हुनुका साथै अनुहारमा अनावश्यक डन्डिफोर आउन थाल्छ ।

ट्रान्स फ्याटयुक्त खानेकुरा : रमाइलो आदान प्रदानका बेला काटिने केकलगायतका परिकार पनि छालाका लागि सत्रु हुन् । केक, पेस्ट्रीज, कुकीज, क्रीमले बनेका परिकार वा क्रिमजन्य बिस्कुट आदिमा वनस्पति घ्यूको प्रयोग गर्ने गरिन्छ । जसले गर्दा यसमा ट्रान्स फ्याटको मात्रा अत्यधिक हुन्छ । यिनीहरुको सेवनबाट छाला र मुटुमा समस्या हुन्छ । बढी कार्बोहाइड्रेट : कार्बोहाइड्रेट जन्य खानेकुरा पनि छालाका लागि घातक सिद्ध भएका छन् । सेतो चामल, सेतो चिनी, सेतो पाउरोटी, सोडा, तयारी जुस, मैदाले बनेका परिकार जस्ता खानेकुरा खानु तपाईंको स्वास्थ्यको लागि हानि कारक हुन सक्छ । यसले छालाको चमकलाई कम गर्छ । दुध र दुग्धजन्य परिकार स्वास्थ्यका हिसाबले महत्वपूर्ण भएपनि छालाका लागि त्यत्ति लाभदायी छैनन् । त्यसमा पनि मिसावट भएको दुध र दुग्धजन्य परिकारले छालासहित स्वास्थ्यमा गम्भीर असर गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार