आज जेठ १४ गते राशिअनुसार प्रत्यक व्यक्तिको भाग्यफल

  आजको राशिफल  922 पटक हेरिएको

आज मिति २०७६ साल जेठ महिनाको १४ गते मंगलबार।अंग्रेजी पात्रो अनुसार २०१९ मे महिनाको आज २८ तारिख
मेष -आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ। पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन्। बृष -नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। व्यापारमा राम्रै लाभांश देखा पर्नेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। खर्चको मात्रा बढ्नेछ। सरसापटमा पनि धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ।

मिथुन -बिहान अरूका काममा जुट्नुपरे पनि मध्याह्नदेखि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ। तारिफयोग्य काम गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। भाग्यले मिहिनेतको प्रतिफल दिलाउनेछ। कर्कट -स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ। मध्याह्नदेखि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारीका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ।

सिंह -व्यावसायिक कामले रमाइलो यात्रा गराउन सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तापनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि आंशिक लाभ उठाउन भने सफल भइनेछ। कन्या -प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ। आम्दानी बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। (नेपाली पात्रो)

तुला – अध्ययनमा पछि परिने भयले सताउनेछ। तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। बृश्चिक -अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ।

धनु -भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मकर -हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला। परिस्थिति अप्ठ्यारो देखिए पनि बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मध्याह्नदेखि व्यापार–व्यवसायमा लाभ हुनेछ। आँटेको काममा सफलता पाइनेछ। पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ -आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ। मीन -बिहानै खर्चिलो समय देखिएकाले मध्याह्नदेखि नयाँ काम गर्न शुभ हुनेछ। केही खर्च र दौडधुप गर्नुपरे पनि दिन रमाइलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्म कार्य शुभारम्भ गर्न सकिनेछ।

र राशिफलसंगै समयले सबै शारीरिक तथा मानसिक कष्टलाई भुलाईदिन्छ । वीर परिस्थितिको दास होईन, स्वामी हुन्छ । बर्षा ऋतुमा कहिलेकाँहि अचानक सूर्य बादलमा लुकेपछि आकाश कालो बादलले ढाकिन्छ र हामीले प्रकाशका लागि बत्ती बाल्नुपर्छ । तर केहि क्षणमै बादल फाट्छ र सूर्यको उज्ज्वल प्रकाश फेरि पैmलिन्छ, मानौं अन्धकार कहिल्यै थिएन । ठिक त्यस्तै प्रकारले जीवनमा थुप्रै अन्धकारपुर्ण क्षण आउँछ, त्यो अन्धकार केहि क्षण रोकिन्छ र फेरि आशाको किरण चम्किन्छ । दुःखको प्रत्येक कालो बादलको पछाडि आशाको सूर्य सधै चम्किरहन्छ भन्ने हामीले कहिल्यै भुल्नु हुँदैन ।

मनुष्यको व्यक्तित्व र चरित्र सफलताका आधार हुन् । धन केवल एक साधान हो । नवीन विचार दर्शनका मानिसहरुले ती असफलतामाथि विजय पाएको देखेको छु, जब कि असफलताहरुबाट निराशा भएर पुरानो विचारका मानिसहरुले आफ्नो जीवन नष्ट गर्न पुगे । आफ्नो उच्च गुण र चरित्रको सहयोगमा एक साधनरहित मानिसले पनि कत्रो महान विजय प्राप्त गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण भारतको इतिहासमा मराठी वीर छत्रपति शिवाजीको जीवनबाट मिल्छ । शिवा धन र शस्त्र तथा सेनारहित एक्लै पहाडी प्रदेशमा बढेका थिए । उनीसँग केबल आफ्नो अनुपम चरित्रको बल थियो र यहि उनको एक मात्र सम्पत्ति थियो । यहि चरित्र र प्रभावशाली व्यक्तित्वको सहयोगले बिस्तारै-बिस्तारै शिवाजीले एक वीर सेना तयार गरे । उनको युद्धनितीको कारण त्यो सानो सेनाको आक्रमण पनि डर लाग्दो हुन्थ्यो । उनको सेनाका एक पनि सैनिक मर्दैनथ्यो तर शत्रुपक्षको ठुलो हानि हुन पुग्थ्यो । यसको साथै लुटपाटबाट धन प्राप्त हुन्थ्यो । बिस्तारैबिस्तारै शिवाजीको शक्ति यति बढ्न थाल्यो कि मुगलका शक्तिशाली सम्राट औरंगजेबको सिंहासन पनि हल्लीन थाल्यो ।

एक साधारण सैनिकबाट अघि बढ्दै एक प्रचण्ड सेनाको सेनानायक बनेर शिवाजीले औरंगजेबजस्ता कट्टर र शक्तिशाली शत्रुसँग टक्कर लिनुलाई इतिहासमा एक अपुर्ण घटना मानिएको छ । यति मात्र नभई उनले आफ्नैसामु भारतबर्षमा ‘हिन्दु पद–पाद शाहि’ स्थापित गरि चमत्कार देखाईदिए । नवीन जीवन–सन्दर्भ यहि इश्वरिय आत्मिक शक्तिहरुमा विश्वास गर्दछ । ईश्वरले कहिल्यै पनि कुनै एउटा कार्यको असफलताको कारण आफ्नो सन्तानले जीवनभर मानसिक र शारीरिक कष्ट उठाउन चाहेको थिएन होला । मनुष्यले आफुप्रति आत्मग्लानि गर्नुपर्ने केवल एक मात्र कारण आफ्नो दुष्कर्म वा पाप हुनसक्छ । जीवनमा असफल मानिसहरुमा पनि अपुर्व कार्यशक्ति हुन्छ, जसलाई तिनीहरुलाई केवल आत्मविश्वासको कमिको कारण प्रकट गर्न सक्दैनन् । मनुष्यको आत्मविश्वासमा कुनै बेला घटनाविशेषबाट चोट लागेपछि, उ सधैका लागि निराशाको शिकार हुनपुग्छ ।

साहस मनको सम्राट हो । त्यस पतनको सँगसगै अन्य मानसिक शक्तिहरुले पनि आफ्ना काम छाडिदिन्छन् । साहसको नेतृत्व बिना कुनै पनि शक्ति अगाडि बढ्न सक्दैन । तर साहसले मार्ग देखाएपछि भने अन्य शक्तिहरु प्रकट भई सामु आउँछन् । निराश व्यक्ति सूर्यतर्फ पिठ्युँ फर्काएर सारा संसारमा अन्धकार मात्र देख्ने मुर्खजस्तै हुन् । उसलाई प्रकाशतर्र्फ फर्कनु आवश्यक छ । इमर्सनले लेखेका छन्— ‘मबाट मैले गर्नसक्ने काम गराउन सक्ने व्यक्तिको मलाई आवश्यकता छ ।’निराशाबाट छुटकारा पाउनकालागि आफु स्वयम्भन्दा अरु कुनै ठलो सहायक हँदैन । यदि तपाई आफनो अन्तरआत्माले बताएको बाटोमा आशा र विश्वास लिएर अगाडि हिँडिरहनुहुन्छ भने कुनै पनि कठिनाइले तपाईको प्रगति रोक्न सक्दैन । तपाईले आफ्नो ईश्वरिय शक्तिहरुलाई चिनेपछि तपाईको गुमेको साहस फर्किन्छ । तपाई आफुबारे एक नवीन दृष्टिकोण लिएर हिड्न सक्नुहुन्छ । अर्थात तपाईले विलकुल नयाँ जीवन पाउनुहुनेछ ।

उठ्नुहोस्, प्रकाशतर्फ बढ्नरहोस् । भाग्यलाई सराप्न छोडेर साहसि र सफल जीवन बनाएर देखाउनुहोस्, जुन तपाईको प्रभुले तपाईबाट चाहानुहुन्छ । आफैलाई भन्नुहोस्, म ईश्वरीय अंश हुँ, फेरि मेरो निराश हुनुपर्ने के कारण ! म निराश वा निरुत्साहित हुनु, ईश्वरलाई कहिल्यै स्वीकार छैन । म जीवनमा सफलता वा प्रसन्नताका लागि आएको हुँ, न कि असफलता वा पराजयका लागि । म स्वयम् विजय हुँ । म जीवन जित्नका लागि आएको हुँ, न कि हार्नका लागि । मेरो जीवन प्रसन्नता, शान्ति र उत्साहका लागि हो, न कि दुःख चिन्ता वा निराशाका लागि । म भित्र कुनै शक्तिले मलाई म महान् हुँ र मेरो निर्धनता र विनाशका कारण म सिवाय अरु कोहि हुन नसक्ने बताउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार