माइनसमा करिश्मा

  पत्रपत्रिका खबर  205 पटक हेरिएको

केही वर्षअघि करिश्मा मानन्धर तामझामसाथ नयाँ शक्तिमा प्रवेश गरिन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले उनलाई सुरुसुरुमा महŒवपूर्ण जिम्मेवारी पनि दिएको थियो। तर, पार्टीको घोषणा कार्यक्रममा एमसी बनेकी करिश्माले पदीय मर्यादाका मान्छे नै चिनिनन् ।

उनको उद्घोषण देशभर चर्चाको विषय बन्यो। त्यसपछिका कार्यक्रममा करिश्मालाई फ्रन्ट रोलमा देखिएन। उनी एकैचोटि आठ कक्षामा पढ्न थालेको समाचार आयो। यतिबेलासम्म पनि डा. भट्टराई र करिश्माको दोस्ती राम्रै थियो। किनकि, उनले भट्टराईकै प्रेरणाले पढ्न थालेको बताएकी थिइन्। अघिल्लो हप्ता नयाँ शक्ति र समाजवादी पार्टीको एकता भयो। तर, घोषणा कार्यक्रममा करिश्मा कतै थिइनन्। एसएलसी सकिएपछि उनी फुर्सदमै छिन्। तर, पार्टीको केन्द्रीय सदस्य पार्टी एकीकरणमै नहुनु शंकाको विषय पक्कै हो। नयाँ बनेको पार्टीमा पनि करिश्मा अटाएकी छैनन्। के उनको राजनीति तीन वर्षमै सकिएको हो ? सम्पूर्णबाट साभार ।

करिश्मा मानन्धर : करिश्मा मानन्धर (केसी) (जन्म १९७१, ललितपुरमा) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्। उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन । करिश्मा अहिले फिल्म निर्माणमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।
व्यक्तिगत जीवन :कस्तुरी चलचित्रमा काम गरेपछि उनले चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाह पश्चात् उनी चर्चाको शिखरमा पुगिन् यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छिन् । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् । करिश्माले आफ्नो SLC सम्म शुभतारा स्कुलमा पढिन् । सन् २००७ को नोभेम्बरमा उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत प्राप्त गरिन् । केही स्रोतअनुसार उनको बाल्यकाल गरिबी र अभावमा बितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार