
काठमाडाैं- नेपाल कम्निष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव)को नेपाल बन्दको अघिल्लो दिन हिजो आइतबारका काठमाडौंको घट्टेकुलोमा बम विस्फोटमा परी मृत्यु हुनेको सनाखत भएको छ। आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट हुँदा प्रज्वल शाहीको मृत्यु भएको खुल्न आएको छ। शाही नेत्रविक्रम चन्दसँग निकट बिधार्थी सङठनका केन्द्रीय सद्स्य हुन । बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता इकाई सभापति रविन केसी घाइते भएका छन्।
उता सुकेधाराको विस्फोटमा परी महोत्तरी घर भई अहिले सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन। घटनामा ४ जना घाइते भएका छन्। घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन् ।
घट्टेकुलोको घटनास्थलबाट विप्लव माओवादीका पर्चा भेटिएका छन्। घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्। विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ। दुबै घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। यता आज भएका बिस्पाेटका घटनाहरुबारे बुझ्न खाेज्दा नेकपाकाे कुनै स्राेतसग सम्पर्क भएको छैन भने पार्टीको आधिकारिक धारणा पनि याे समाचार तयार पार्दा सम्म सार्वजनिक भएको छैन् ।आजपनी विहानैदेखि देशका विभिन्न टाउमा गाडी आगजनी देखि बम भेटिनेसम्मका समाचार बाहिरिएका छन् । ठुला शहरबजारमा यातायातका साधन सामान्य रुपमा सञ्चालन भैरहेका छन् ।
विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला ।
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।
यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् । यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।
ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।