यात्रुबसको ठक्करबाट एक जनाको मृत्यु

  मूलधार पोष्ट  216 पटक हेरिएको

एस.पी गाैरब, सर्लाही-पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका–६ मा यात्रुबसको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । पुर्व काँकडभित्ताबाट काठमाण्डौँ हिडेको बा ४ ख ०१,  १८०८१ नम्बरको यात्रु बसको ठक्करबाट लालबन्दी नगरपालिका–६ बस्ने अन्दाजी वर्ष ६० की मिशमाया परियारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनु भयो । ठक्कर दिने सवारी साधन र त्यसका चालक मोरङको विराटनगर घर भएका अनुप रोक्का प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै चैतको मध्यदेखि नै सर्लाही जिल्लाका बजारमा भारतीय आँप बिक्री वितरण भइरहेको छ । जिल्लाका सीमावर्ती बजारसँगै लालबन्दी,नवलपुर,हरिपुर,हरिवन,बरहथवा,बयलबास जस्ता सहर तथा ग्रामीण क्षेत्रका बजारहरुमा समेत भारतीय आँपले बर्चसो जमाइसकेको छ । जिल्लाका अधिकांस फलफुल बिक्रेताले भारतबाट ल्याइएको दशहरी लगायतका जातको आँप बिक्री वितरण गरिरहेको सर्लाहीका व्यापारीहरुले बताएका छन ।

नेपाली आँपको सिजन शुरु नै नभएकाले भारतबाट ल्याएकोे आँप बजारमा देखिएको कृषि विज्ञहरुले बताएका छन । नेपाली आँप जेठको तेस्रो साताबाट मात्र पाक्ने गरेको उनिहरुको भनाइ छ । तर बजारमा आएका भारतीय आँप औषधि राखेर पकाइएकाले खान योग्य नभएको स्वास्थ्यकर्मीहरूले बताएका छन । औषधि तथा केमिकल राखेर पकाउने गरेकाले आँपमा अस्वाभाविक रंग देखिने गरेको व्यापारीह्ररुले बताएका छन । सर्लाहीका बजारहरुमा सुरुआती चरणमा आँपको मूल्य प्रतिकेजी १ सय रुपैया भन्दा बढी पर्ने र पछि विस्तारै भाउ घट्दै जाने गरेको छ । औषधि राखेर पकाइएका आँप खाएमा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशा सम्बन्धी समस्या हुने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या आउने र झाडापखाला लाग्ने समस्या देखा पर्ने चिकित्सकहरुले बताएका छन ।खानै पर्ने भए पनि कम्तिमा ६ घण्टा फ्रिजमा राखेर वा तातो पानीले धोएर मात्र खानुपर्ने उनीहरूको भनाइ छ ।

त्यस्तै सर्लाहीको हरिवनमा विधालयका बालबालिकाहरुको पोषण प्रर्वदन गर्ने उदेश्यले १ दिने अभिमुखिकरकण कार्यक्रम सम्पन्न गरेको छ । किशोरावस्था यौन तथा प्रजन्न स्वास्थ महिना बारी स्वच्छता,सुनौलो हजार दिन एवंम पोषण सम्बन्धित विषयमा छलफल गरिएको रामबाबु चौधरीले बताउनुभयोे । हरिवन नगरपालिका– २ को राम अवतार जनता माध्यमिक विधालयमा अध्ययनरत कक्षा ६ ,७ र ८ का गरी १ सय ७ जना छात्र छात्राहरुलाई १ दिने जीवन उपयोगी पोषण प्रवद्र्धदन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको नगर स्वास्थ शाखाले जनाएको छ । हरिवन नगरपािलकाको आयोजना एवंम नगर शिक्षा सचिव नवराज निरौलाको संयोजत्वमा आईतबार हरिवन –२ को राम अवतार जनता माध्यमिक विधालयमा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै सर्लाहीको हरिवन नगरपालिकाको सहयोगमा समृद्ध नेपाल महा अभियानद्वारा लागु औषध तथा दुब्र्यसनी तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । हरिवन नगरपालिका –९ को चर्तृभुजेश्वर महादेव मन्दिरको परिसरमा स्थानिय युवा युवती, बिधार्र्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।सचेतना कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले लागुऔषधले समाजमा पारेको नकारात्मक प्रभाव र यसबाट समाज तथा राष्ट्रलाई पर्ने दीर्घकालीन असरबारे जानकारी गराएका थिए। युवा संघ नेपाल सर्लाही जिल्ला अध्यक्ष रमेश चौलागाईको संयोजत्व तथा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाइको प्रमुख आतिथ्यतामा लागु औषध सेवन न्युनिकरकण तथा रोकथाम गर्नै उदेश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

‘लागुपदार्थको नशाबाट जोगिन युवा, विद्यार्र्थीमाझ मात्र नभएर समाजका विभिन्न क्षेत्रमा चेतना जगाउनु आवश्यक रहेको साथै ‘लागुऔषध÷नशा सेवन गर्नाले जीवन बर्बाद हुनुको साथै यसले परिवार र देशलाई समेत बर्बाद पार्ने मेयर प्रसाईले बताउनु भयो । कार्यक्रममा हरिवन नगरपालिकाकी उप प्रमुख रेनुका पौडेल, वडा नम्बर ९ का वडा अध्यक्ष सिताराम पोखरेल, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टाराइ ,रणशेर गण पाँचकुमारी नवलपुरका प्रमुख सेनानी मिनराज तिवारी, समाजसेवि लगायत नगर भित्रका विभिन्न विधालयका विधार्र्थीहरुका साथै स्थानिय युवायुवतीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार