काठमाडाैं उपत्यकाको ८ स्थानमा बम ४ जनाको मृत्यु

  मूलधार पोष्ट  673 पटक हेरिएको

काठमाडाैं-आइतबार काठमाडौं उपत्यकामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा बम विष्फोट गराएको छ भने उसका केही कार्यकर्ता बमसहित पक्राउ परेका छन् । आइतबार शान्त रहेको राजधानी काठमाडौं उपत्यका ४ बजेपछि एकाएक आतंकित बन्यो । लगातार बम विष्फोट र बम फेला परेका खबरहरु आएपछि उपत्याकाको जनजीवन त्रसित बनेको छ । प्रहरीका अनुसार आइतबार अबेरसम्म तीन स्थानमा भएका बम विष्फोटमा परी ४ जनाको मृत्यु भएको छ । ७ जना पक्राउ परेका छन् भने ७ जना नै घाइते भएका छन् । यस्तै विभिन्न ५ स्थानमा फेला परेको बम डिस्पोज गरिएको छ ।

प्रहरीका अनुसार अनामनगरमा भएको विष्फोटमा एकजनाको मृत्यु भएको छ भने सुकेधारमा भएको विष्फोटमा दुई जनाको मृत्यु भएको छ । यस्तै नागढुंगामा भएको विष्फोटका एकजनाको मृत्यु भएको छ । अनामनगर र नागढुंगामा मारिने विप्लपकै कार्यकर्ता भएको प्रहरीको प्रारम्भिक अनुमान छ । अनमानगरमा एकजना विप्लवकै विद्यार्थी संगठनका केन्द्रीय सदस्य रविन केसी घाइते भएका छन् ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस्तै सुकेधारको एक सैलुनमा भएको विष्फोटमा २ को मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते मध्ये केही विप्लवकै कार्यकर्ता रहेको प्रहरीको अनुमान छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । यस्तै नागढुंगमा कुकर बम बोकेका विप्लव कार्यकर्ताको मृत्यु भएको छ अर्का एकजना घाइते भएका छन् । उनीहरुले बोकेको बम विष्फोट भएको जनाइएको छ ।

आइतबार ललितपुरका ग्वार्को, एन्फा टेक्निकल सेन्टर, लगन खेल र सानेपामा फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गराएको छ । यस्तै कोटेश्वरबाट कुकर बमसहित विप्लवका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा आशिष तामाङ, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले, चित्रकमल ओली र अर्का एक व्यक्ति रहेको शसस्त्र प्रहरीको हवाला दिँदै अनलाइनखबरले जनाएको छ । आइतबार एकाएक राजधानीमा विप्लवले आतंक मच्चाएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक भएको छ भने नेपाली काँग्रेसले गम्भीर बन्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार