सुत्नेसमयमा भोली जेठ १३ गते राशिअनुसार कुन व्यक्तिको भाग्यफल कस्तो

  भोलीको राशिफल  887 पटक हेरिएको

भोली मिति २०७६ साल जेठ महिनाको १३ गते सोमबार रहेको छ । अंग्रेजी पात्रोअनुसार २०१९ मे महिनाको २७
मेष –मेष राशिभएकाहरुको लागि भोली जेठ १३ गते सोमबारका दिन सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । बृष– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । मिथुन– मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ । प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ ।

कर्कट– नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।सिंह– मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

कन्या– आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।तुला– लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ ।

बृश्चिक– अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला । यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ । बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ । धनु– दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ ।

मकर– भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् ।

कुम्भ – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । मीन – अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।

र राशिको अन्तमा तपाइ सफल हुन अवश्यै चाहनुहुन्छ ? त्यसाे हाे भने शास्त्र भन्छ त्याग्नुहाेस यि मनुष्यकाे संगत
चाणक्य नीतिको पहिलो अध्यायको चौथो श्लोकमा सफलताको सुत्र बताइएको छ। जहाँ यस्ता तीन मनुष्यको बारेमा चर्चा गरिएको छ जसले सधैँ सफलता प्राप्त गर्ने बाटो रोकिदिन्छन् । चाणक्य नीतिका अनुसार सफलता प्राप्त गर्न चाहनेले यस्ता ब्यक्तिबाट सधै जोगिनुपर्छ । त्यस्ता ब्यक्ति घर अफिस जहाँ पनि हुनसक्छन् ।

चारणक्य नीतिको माथिको श्लोकमा मुर्ख शिष्यलाई कहिले पनि उपदेश दिन नहुँने भनिएको छ । यसको अर्थ मुर्खलाई सम्झाउन अथवा सिकाउनतीर लागेर समय बर्बाद नर्गदानै उचित हुन्छ । यसले आफैलाई नोक्सानी पुर्याउछ । चाणक्य नीतिका अनुसार दुष्ट स्त्रीसंग पनि सधै टाढै रहनु उचित हुन्छ । आफ्नो मर्यादाको बारेमा वास्ता नराख्ने,चिच्याएर बोल्ने, सोच बिचार नगरी काम गर्ने अथवा बोल्न महिलासंग सधै बच्नुपर्छ । यस्ता महिलाहरु पुरुष भन्दा पनि खतरनाक हुन्छन् ।

चाणक्य नीति के अनुसार केही मानिस बिना कारण दुखी हुने गर्छन् । खाली नकारात्मक मात्र सोच्ने र दुखी हुने हुन्छन् । यस्ता ब्यक्तिसंग पनि दुरी बनाउदानै बेस हुन्छ । यस्ता ब्यक्ति आफै केही गर्न सक्दैनन् अरुको पनि अगाडी बढ्ने बाटो छेक्ने प्रयास गर्छन् । यस्ता ब्यक्तिको नकारात्मक बिचारबाट तपाईको प्रगतीमा बाधा पुग्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार