
काठमाडाैं-सुकेधारा र अनामनगरमा आइतबार अपराह्न ग्यास विस्फोटनमा ३ जनाको मृत्यु भएको छ । सिलिन्डर पड्किए सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले पुष्टि गरेको छ । सुकेधारामा ढलाने पुलनजिक सिलिन्डर विस्फोट भएकोहो । घटनास्थलमा प्रहरीहरु खटिएका महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । यता, आइतबार अपराह्न अनामनगरस्थित घट्टेकुलाको एक घरको कोठामा पनि बिस्फोट भएको प्रहरी जनाएको छ।
घटनामा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपीले जानकारी दिनुभयो । के बिस्फोट भएको भन्नेबारे पनि खुल्न सकेको छैन्।काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ ।
प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।