गायिका विमला गुरुङको स्वरमा ‘प्रतिज्ञा प्रेमको’ सार्वजनिक (भिडियोसहित)

 443 पटक हेरिएको

काठमाडौं । सदावहार गायक स्वरुपराज आचार्य र गायिका विमला गुरुङको स्वरमा सजिएको आधुनिक गीत ‘प्रतिज्ञा प्रेमको’ भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमिल जोडिको मनको भित्री भावनालाई समेटिएको छ ।

अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा तयार भएको उक्त गीतको भिडियोलाई मरुभुमी नारायणले छायाँकन, रोशन धितालले सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन गरेका हुन् । भिडियोमा अप्सना थापा र सुमन परियारको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

‘प्रतिज्ञा प्रेमको’ गीतको पुरा भिडियो:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार