प्रथम बाजुरा महोत्सवमा के के हुदैछ प्रदशनी ?

  मूलधारपोष्ट  310 पटक हेरिएको

बाजुरा- जिल्लाको कृषि, पर्यटन र कला सँस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित बाजुरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव जेष्ठ ३ अर्थात आजदेखि ९ गतेसम्म मार्तडीमा आयोजना हुने छ ।

जिल्लाको कला सँस्कृतिको प्रर्दशनी, स्थानीय उत्पादनको प्रर्वद्धन, मौलिक संस्कृतिको प्रस्तुती गरिने महोत्सवमा ५० बढी कलाकारले प्रस्तुती दिने कार्यक्रम रहेको छ । प्रतिदिन राष्ट्रिय र स्थानीय गरि ५ देखि ७ जना कलाकारले प्रस्तुती दिने तालिका बनाईएको उद्योग वाणिज्य संघका महासचिव तुलाबहादुर रोकायाले जानकरी दिनुभएको छ ।
प्रथम बाजुरा महत्सवको सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह पनि सहभागि हुने आयोजनकले जानकारी दिएको छ । कार्यक्रममा भाग लिन आउने बाजा सहीतको टिम सदरमुकाम मार्तडी पुगेको सकेको छ ।  महोत्सवमा ७० लाख बढीको आर्थिक कारोबार गर्ने अनुमान गरिएको छ । भने ७० भन्दा बढी स्टलहरु राखिने छन् । केन्दिय कलाकारको प्रस्तुतीसँगै स्थानीय देउडा, भुवा, अनन्ते, मागल, लाखेनाच, पुतला, बालो नाच प्रर्दशन गरिने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार