दुई समूहबीच झडप हुदा ठाकुरको मृत्यु,

  मूलधार सम्वादाता  268 पटक हेरिएको

राैतहट-  रौतहटको चन्द्रपुर नगरपालिकामा शनिबार साँझ दुई समूहबीच भएको झडपमा एकजनाको मृत्युु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको झडपकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।

यसैबीच, घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै गौर–चन्द्रपुर सडकखन्डको बालचनपुरमा चक्काजाम गरेकाथिए । साँझदेखि भएको चक्काजामले गर्दा गौर–चन्द्रपुर सडकखन्डको यातायात ठप्प भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार