निर्वाचन अपडेट : वरिष्ठ नेता खनाल र नेम्वाङ भारीमतले विजयी

  निर्वाचन विषेश  283 पटक हेरिएको

इलाम-  एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन् ।

खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन्

त्यस्तै इलाम क्षेत्र नम्बर २ बाट पूर्व सभामुख सुवासचन्द नेम्वाङ विजयी भएका छन् ।

नेम्वाङले ३६ हजार ५१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका केशव थापाले २६ हजार ८६० मत मात्र पाएका

त्यस्तै इलामको क्षेत्र नं. १ प्रदेश ‘ख’ तर्फ एमालेका काजिमान कागते विजयी भएका छन् । उनले १७ हजार ८ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका दुर्गा बरालले १० हजार ३१ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार