प्रधानमन्त्री शेरबहादुर देउवा बिजयी, कति अन्तर छ हेर्नुहोस्

  निर्वाचन विषेश  484 पटक हेरिएको

डडेल्धुरा-  प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवा २८ हजार ४४ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गर्नुभएको छ । भट्टले भन्दा ६ हजार ९ सय २९ मत बढी ल्याएर देउवा विजयी हुनुभएको हो ।

डडेल्धुराको प्रदेशसभा ‘क’ मा एमालेका पठान सिंह बोहरा तथा प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कर्णबहादुर मल्ल विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार