गोरखा क्षेत्र नम्बर २ बाट डा. बावुराम भट्टराइ विजयी, मततान्तर तल हेर्नुर्होस

  निर्वाचन विषेश  297 पटक हेरिएको

काठमाडाैं-  प्रतिनिधिसभा सदस्य अन्र्तगत गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् ।

डा. भट्टराई ७ हजार १७४ मतले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पछि पार्दै निर्वाचित भएका हुन् ।

उनले भने जित सुनिश्चित थियो , गोर्खाली बासिन्दाले मत हालेर मलाई जिताउनुहुन्छ भन्ने म आशाबादी थिए ।

यो पनी पढ्नुहोस्

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगत्तै देउवाले विगारेको कांग्रेसलाई गोडमेल गर्ने बताएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले यस्तो अठोट गरेका हुन् ।

काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उनले आग्रह गरेका छन् । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाण्डौँ बनाउने आफ्नो अठोट स्मरण गरेका छन् ।

आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई थापालेसमृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गरेकाछन् ।

थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई तीन हजार ४११ मतको अन्तरले पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार