निर्वाचन अपडेट : अछाम जिल्लामा कस्तो छ मतगणनाको अवस्था हेर्नुहोस्

  निर्वाचन विषेश  356 पटक हेरिएको

अछाम- अछाम जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गणना जारी रहेको छ । जारी मतगणना अनुसार २ प्रतिनिधि सभा र ३ प्रदेश सभामा बाम गठबन्धन तथा एउटा प्रदेश सभामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

अछाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष समेत रहनु भएका भीम रावलले ५ हजार ५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भरत कुमार स्वारले ४ हजार ३७९ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका यज्ञ बोगटीले ४ हजार ७ र नेपाली कांग्रेसका पुष्पबहादुर शाहले ३ हजार ६६५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अक्कल रावलले ४ हजार ८५० र नेपाली कांग्रेसका सुरत विष्टले ३ हजार ७९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका बल बहादुर कुँवरले २ हजार ३८७ मत ल्याउँदा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बलबहादुर सोडारीले २ हजार ५८९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार