यो कस्तो संयोग : श्रीमानको मृत्यु भएको ठिक २ घण्टापछि श्रीमतीको पनि मृत्यु,

एउटै मलामीले एउटै चित्तामा गरे दाहसंस्कार

  मूलधार सम्वादाता  845 पटक हेरिएको

श्रीमान र श्रीमतीले संगै जीउने संगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर संगसंगै भएका श्रीमान र श्रीमतीको एकै पटकमा मृत्यु भएको घटना विरलै सुन्न पाइन्छ ।

धर्म र असल कर्म गर्नेहरुलाई यस्तो संयोग जुर्छ भन्ने भनाई पनि समाजमा व्याप्त छ ।पर्वतको बाजुङ्गमा भने यस्तै संयोग जुरेको छ । श्रीमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु भएको छ । पर्वतको बाजुङ्ग गाउँ विकास समिति वडा नं ९ का ९१ बर्षीय बृद्ध रुद्रबहादुर बिक र उहाँकी ८१ बर्षीय श्रीमती छलिदेवी बिकको दुई घण्टाको फरकमा कालगतीले नै मृत्यु भएको हो ।

श्रीमान रुद्रबहादुरको गत मंगलबार बिहान १०.३० बजेको समयमा मृत्यु भएको हो भने श्रीमती छलिदेवीको मृत्यु मध्यान्ह १२.३० मा भएको हो ।

दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि बुधबार मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानीयबासी भक्त कुवँरले जानकारी दिनुभयो । दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको र कालगतिले एकै पटक मरण हुने दम्पती विरलै भेटिने गरेका पनि कुँवरले बताउनुभयो । मृतक दम्पत्तिका छोराहरु वाहिर रहेकोले भेला हुन समय लागेकोले गत बुधबार मात्र दाहसंस्कार गरिएको हो ।

मृतक रुद्रबहादुर बिक २०४४ सालमा जनपक्षीय वडा अध्यक्षको रुपमा बिजयी पनि हुनु भएको थियो । उहाँ केही दिन देखि हल्का ज्वरोको बिरामी हुनुुहुन्थ्यो । श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलि समेत श्रीमान संगै संगै मर्ने हो भन्दै चार दिन देखि खाना नखाई बस्नु भएको थियो ।
साभार: इनेपाल सेरोफेरो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार