बाजुराको प्रदेश “क” मा एमालेका बलदेव रेग्मी विजयी, अन्य परिणाम आउने क्रम जारी

  मदन वि.क.  336 पटक हेरिएको

बाजुरा-  बाजुराको प्रदेश –(क) मा नेकपा एमाले बामगठबन्धनका बलदेव रेग्मी विजयी भएका छन् । रेग्मीले ९ हजार ८ सय ४० मत ल्याएर प्रदेश सभा क) मा विजयी भएका हुन । रेग्मीका प्रतिद्धन्दी नेपाली काँग्रेसका जनक गिरीले ८ हजार ३ सय ११ मत ल्याएर पराजित भएका छन् ।

पहिलो चरणमा मंसिर १० गते भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । मध्यान्न १२ बजे सम्मको मत परिणाम अनुसार प्रतिनिधि सभाका लागि बामगठबन्धन एमालेका लालबहादुर थापाले १० हजार ७ सय ६१ मत ल्याएका छन् ।

त्यस्तै उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका कविराज पंडितले १० हजार ६ सय ३५ मत पाएका छन् । प्रतिनिधि सभाका लागि अहिलेसम्म २२ हजार ४ सय ८२ मत गणना भएको छ । जसमा बदर मत ७ सय ३३ रहेको छ ।

त्यस्तै प्रदेश सभा ख) मा १८ हजार ३० मत गणना भईरहँदा बामगठबन्धन नेकपा एमालेका प्रकाश शाहले १० हजार ८१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्धन्दी पदम शाहीले ७ हजार ३ सय ६८ मत पाएका छन् । यसरी हेर्ने हो भने काँग्रेस भन्दा एमाले ३ हजारको मतान्त्ररले अघाडि रहेका छन् । प्रदेश सभा ख) मा ४ सय ७६ मत बदर भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार