लेकाली भेगतिर फर्कदै भोटेजनजाती (तस्विर सहित)

  मूलधार पोष्ट  953 पटक हेरिएको

बाजुरा- बाजुरा लगाएत छिमेकी जिल्ला हुम्लामा रहेका भोटे जनजाती लगाएत अन्य भेडापालकहरु यतिबेला गर्मी बढेपछि लेकाली भेगमा आफनो घर फर्केका छन् । मौषमी बसाई सराइ गर्दै आएका भोटे जातीहरु मंसीर देखि फागुन सम्म बेसी झरेर बस्ने गरेका छन् । उनिहरु बाँकी महिना लेख तिर बस्ने गरेका छन् । भोटे जनजातीहरु व्यसी झर्दा भेडा बाख्रा देखि पुरै परिवार साथमा लिएर आउने गरेका छन् ।

स्थानीय सुनि गरुङ्ग भोटेले हिमाली भेगमा धेरै चिसो हुने भएकोले हिउँदको समयमा घर छोडेर पुरै परिवार वेसी आउने गरेको बताए । उनले भने -‘मंसीर महिना घरमा खेती गरेर भेडा बाख्रा साथमा लिइ पुरै परिवार अछामको साफेगर, बाजुराको सेरा लगाएतका विभिन्न ठाँउमा चिसो छल्न आउँछौ।’ गुरुङ्गले भने आफनो पुर्खेउली पेशाा भेडा,बाख्रा पाल्ने भएकोले आफुहरु अन्य ब्यवसायिक गर्न नसक्ने बताए । त्यस्तै ४० वर्षय छेममाया गरुङ्गले भने – ‘चार महिना छिमेरी जिल्ला अछामको साफेँवगर चिसो छल्न आयौं, अव आफनो घर जने र केही दिनमा फेरी भेडा बाख्रा लिएर हिमाली भेगमा जान्छौ ।’ गरुङ्गले आफुहरु सँग छोरा छोरी सगै हिढनु पर्ने भएकाले छोरा छोरीले विद्यालय जान नपाएको बताए ।

भोटे जनजातीहरु चिसो छल्न ब्यसी झरेपछी बाजुरा जिल्लाको अति विकट साविकको गुम्बा गाउँ र पाण्डुसैन गाविसको जनजाती बस्थीहरु सुनसान भएको भियो ।व्यमौषमी बसाई सराइका कारण भोटे जनजातीका बालवालीको विद्यालयमा उपस्थीत नभएको भोटे समुदायिकमा रहेको हिमाली माध्यमिक विद्यालय पाण्डुसैन विद्यालयको एक तत्याङले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार