अपडेट : १४ तस्विर जसले तपाइको आँखामा आसु आउने छ, हेरेर शेयर गर्नुहोला

  पत्रपत्रिकाट  813 पटक हेरिएको

बारा- आइतबार राती बाराका विभिन्न ठाउँमा भिषण हावाहुरीसँगै आएको असिना पानीका कारण ज्यान गुमाउनेको संख्या अहिलेसम्म ३१ जना पुगेका छन् । गएराति आएको हावाहुरी र असिना पानीका कारण झन्डै ५ सय जना घाइते भएको बाराका प्रहरी बारामा मात्र ३१ जनाको मृत्यु भएको छ । बारा जिल्ला प्रहरी प्रमुख डीएसपी हेम बहादुर शाहीले अहिले सम्म २८ जनाको मात्रै पुष्टि भएको जानकारी दिनुभयो ।

मृतको संख्या अझै बढन सक्ने बताउनुभयो । घाइते मध्ये केही उपचार पश्चात घर फर्केका छन् भने अन्यको वीरगञ्जको गण्डक, नारायणी अस्पताल, बारा जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जनशक्ति अभाव र उपकरण अभावका कारण घाइतेको उपचारमा समस्या भइरहेको बारा जिल्ला अस्पताल स्रोतले जनाएको छ ।

घटनास्थलमा उद्दार कार्य जारी रहेको र मृतकको संख्या अझ बढ्न सक्ने डीएसपी शाहीले सीआईएनसँग बताउनुभयो । रातिको समय भएकोले उद्दार कार्यमा समस्या भएको थियो । तर, अब उज्यालो भइसकेको अवस्थामा उद्दार कार्य सहज भएको उहाँको भनाई छ । बाराको फेटा गाउँपालिका, पस्रौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, कलैया उपमहानगरपालिकाको पुरैनिया, मोतिसर, भलुही लगायतका स्थानमा क्षति पुर्याएको छ । मृत्यु हुनेमा साँझको समय शौच गर्न गएका, बजारबाट घर फर्कदै गरेका र इटा भट्ठामा काम गर्ने मजदुरहरु रहेको प्रहरीले जनाएको छ । बालवालिका जेष्ठ नागरिकलाई बढी समस्या भएको छ । अस्पताल घाइतेले भरिएका छन् । रगतको अभाव देखिएको छ।

तस्विर खबर डबलीबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार