बिष्णु तामाङ माथि खुकुरी प्रहार

  मूलधार सम्वादाता  309 पटक हेरिएको

काठमाडाैं- दोश्रो चरणको प्रदेश सभा प्रतिनिधि सभाको चुनाबको ठिक एकदिन अघि कांग्रेसका कर्येकर्ताले बामगठबन्धनमा सहभागी नेकपा माओबादी केन्द्रका कार्यकर्ता माथि खुकुरी प्रहार गरेका छन् ।

काठमाडौँ क्षेत्र न. १० अन्तर्गत छैमलेमा माओबादी केन्द्रका कार्येकर्ता बिष्णु तामाङ माथि राति ९ बजे एक्कासी कांग्रेसका कर्यकर्ताकाे एक समूहले अन्दाधुन्ध खुकुरी प्रहार गरेको हाे ।

साेही क्षेत्रबाट प्रदेश सभाका लागि समानुपातिक उमेद्वार बनेका संजिल लामाले घाइते तामाङको फर्पिङ स्थित अस्पतालमा उपचार हुँदै गरेकाे जानकारी दिएका छन ।

तामाङले राति काग्रेस कार्यकर्ताहरु गाँउ छिरेर मतदातालाई प्रभावित पार्न खोजेपछि माओवादी केन्द्रका कार्यकर्ताले मतदानको केहि घण्टा अघि किन यस्तो गतिबिधि गरेको भन्दा अचानक खुकुरी प्रहार गरेको तामाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार