पुर्व उद्योग मन्त्री चढेको गाडीमा आगजनी

  लक्ष्मीराज पाध्याय  1301 पटक हेरिएको

बाजुरा –  पुर्व उद्योग मन्त्री एव‌ नेकपा एमालेका बैकल्पिक पोलिटव्युरो सदस्य कर्ण बहादुर थापा चढेको गाडीमा बुधवार बेलुकी साढे ६ बजे नेपाली  का‌ँग्रेसका कार्यकर्ताहरुले आग्जनी गरेका छन ।

पुर्ब उद्योग मन्त्री म‌सिर १० को बाजुराको मतदान गरीसकेपछी अन्य दोस्रो चरणको निर्बाचनमा पाटीको भेलामा मसिर ११ गते जिल्ला बाट कैलाली गएको र कैलाली कन्चनपुर डडेलधुरा डोटीमा अभियान र भेलामा गएको बताएका छन । डोटीको भेला पश्चात मौन अबधी सूरु भएको र पाटीका केही कार्यक्रतालाइ लिएर २ रमाइलो गर्न अछामको रामारोशनमा गएको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य राम बहादुर बानीयाले बताएका छन ।

रामारोशनमा १ दिन भम्रण गरी त्यही बसेको र अर्को दिन दिउसो १२ बजे खाना खाएर फर्कीएको बानियाले बताएका छन । रामारोशन बाट आउदै गर्दा अछामको जयगढमा पुगेपछी नेपाली काग्रेसका नेता भरत स्वारको रातो गाडीले बाटो छेक्यो किन बाटो भन्दै पुर्ब मन्त्री संगै गएका यूवा संघ नेपाल बाजुराका उपाध्यक्ष कृष्ण थापाले भन्न नपाउदै थापालाइ तथानाम गाली गर्नुका साथै गाडीमा ढुगांमुढा बर्षाएको बताए यसरी झगडा गर्नुहुदैन भन्दै पुर्ब उद्योग मन्त्री कर्णबहादुर थापाले गाडी चलाएर हिड्ने निर्णय गरे गाडी अगाडी बढाएको बानिया बताउछन भरत स्वारका भाई लक्ष्मण स्वार महेन्द्र कठाएत लगाएतका टिमले मन्त्री थापालाइ हमला गरेका छन ।

त्यहाबाट निस्केपछी स्वारका कार्यक्रताले इलाका प्रहरी चौकी बयालपाटामा हाम्रा कार्यक्रतालाइ कुटेको भनी खवर गरीसकेको रहेछ प्रहरीले हाम्रो गाडीलाइ रोक्न लागए र गाडी रोकेर प्रहरी संग कुरा हुदै थियो एकाएक यही रातो गाडी र १५ देखी २० मोटरसाइकल ल्याएर नेपाली काग्रेसका कार्यक्रताले एकाएक गाडीमा ढुगांमुढा बर्षाउन थाले तर प्रहरी नजिकै हुदा पनी मुखदर्सक भएर बस्यो गाडीलाइ आगो लगाउना सम्म पनी केही नगरेको राम बानिया बताउछन ।

से १ च १६६७ नम्मरको गाडी पुरै जलेर खरानी भइसकेको छ । गाडीमा स्वार यूवासघ नेपाल बाजुराका उपाध्यक्ष कृष्ण बहादुर थापा सक्त घाइते भएका छन भने अन्य सवार मन्त्री लागाएत अन्य सबै ८ जना लाइ केही नभएको बताइएको छ । प्रहरी स्कटीगमा बाजुरा पुगी सकेको मन्त्री थापाले बताएका छन थापाले भने नेपाली काग्रेसले पैशा बाडेको भन्ने भम्र मात्र रहेको र आफ्नो टिममा कसैले पैशा नबोकेको समेत बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार