होलीको दोस्रो दिनका उत्कष्ट १० तस्विर

  मूलधार पोष्ट  636 पटक हेरिएको

पहाडी र हिमाली जिल्लामा बुधबार होली पर्व सम्पन्न भएपनि आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाईदैछ। तराईका जिल्लामा बसोबास गर्दै आएकाहरुले आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन्। परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ। होली पर्व मनाईने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। काठमाडौं उपत्यका सहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली मनाईएको थियो । नेपालमा प्राचिन समयमा मनाईने बसन्त उत्सव र मदन उत्सव मध्ये पहाडि समुदायले मौसम परिवर्तनको रुपमा वसन्त उत्सवलाई मानेर होली मनाउने गर्छन्। तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ । हेराैं आजका १३ तस्विर ।

त्यस्तै प्रदेश सरकारलाई हस्तान्तरण गरिएका सुदूरपश्चिमका झण्डै ३ सय सडक योजनाको निर्माण आर्थिक बर्षको अन्तिम चौमासिक सुरु हुँदा पनि निर्माण सुरु भएको छैन्। प्रदेश मन्त्रीपरिषद्को बैठकले छनौट गरेका प्रादेशीक गौरवका ९ वटा सडक योजनाहरुको निर्माण अलपत्र परेका बेला प्रदेशलाई हस्तान्तरण गरिएका झण्डै ३ सय सडक योजनाको निर्माण पनि अझै सुरु नभएको हो । विगतमा सडक डिभिजन कार्यालयहरु र जिल्ला प्राविधिक कार्यालयहरुले कार्यान्वयन गरिरहेका सडकहरु चालु आर्थिक बर्षबाट प्रदेशको भौतीक पुर्वाधार विकास मन्त्रालयको मातहमा आएका थिए। तर बल्ल आएर सडक निर्माण अघिका प्रक्रिया भईरहेका हुन्। कैलाली र कञ्चनपुर हेर्दै आएको पुर्वाधार विकास कार्यालय धनगढीका प्रमुख श्याम खड्काले केहि सडकको मात्रै निर्माण सम्झौता भएको बताए ।

प्रदेशको समृद्धीसंग जोडिएका ३ सय ५ वटा सडकहरु निर्माणको जिम्मा प्रदेश सरकारलाई दिईएको छ। त्यस्मा केहि सडकहरु फेरी संघीय सरकारले निर्माण गर्ने बताएको छ भने ९ वटा सडकलाई प्रादेशीक गौरवका योजनामा राखिएको छ। ९ सहित बाँकी सडकहरु प्रदेशमा रहेका ४ वटा पुर्वाधार विकास कार्यालयहरु निर्माण गर्नुपर्ने छ। तर आर्थिक बर्षको ९ महिना पुग्नै लाग्दा पनि कतिपय सडकहरुको त डिजायन स्टमेट पनि बनाउँन बाँकी छ। डोटी र डडेल्धुरा हेर्दै आएको पुर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले पनि सो कुरा स्वीकार गरे।

प्रदेश सरकार सञ्चालनमा आएसंगै चालु आर्थिक बर्षदेखि सेती लोकमार्ग, हुलाकी राजमार्ग, महाकाली करिडोर, धनगढी–अत्तरीया ६ लेन सडक बाहेकका अधिकासं सडक योजना कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई दिईएको छ। तर कछुवा गतिमा रहेको प्रदेश सरकारले भने आर्थिक बर्षको आधा समय सकिएपछि मात्रै सडक योजना कार्यान्वयन गर्ने निकाय अर्थात पुर्वाधार विकास कार्यालय स्थापना गरेको थियो। जस्ले गर्दा प्रदेशका झण्डै ३ सय सडकहरुको निर्माण सुरु हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार