तराई होलीका १३ आक्रषक तस्तिर (फोटो फिचर)

  मूलधार पोष्ट  769 पटक हेरिएको

पहाडी र हिमाली जिल्लामा बुधबार होली पर्व सम्पन्न भएपनि आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाईदैछ। तराईका जिल्लामा बसोबास गर्दै आएकाहरुले आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन्। परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ। होली पर्व मनाईने तराईका जिल्लाहरुमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। काठमाडौं उपत्यका सहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली मनाईएको थियो । नेपालमा प्राचिन समयमा मनाईने बसन्त उत्सव र मदन उत्सव मध्ये पहाडि समुदायले मौसम परिवर्तनको रुपमा वसन्त उत्सवलाई मानेर होली मनाउने गर्छन्। तराईमा भनें महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाईन्छ । हेराैं आजका १३ तस्विर ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार