##Election update : गगनले मतदान गर्दै के भने ? पुरा पढ्नुहोसु

  मूलधार सम्वादाता  343 पटक हेरिएको

काठमाडाैं-  नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं जिल्ला क्षेत्र नं ४ स्थित मयुरकुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन् । थापाको मतदान परिचय पत्र हराएपछि उनी केहीवेर अन्यौलमा परेका थिए ।

काठमाडाैं क्षेत्र नं ४ को मयुरकुण्ड मतदान केन्द्रबाट मतदान गर्दै काँग्रेस नेता गगन थापा

मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले बम काण्ड आफ्नो जीवनको पहिलो नमिठो भोगाई भएको बताउँदै यतिसम्मको अमानविय तरिकाले बम राख्ने, आक्रमण गर्ने कार्य एकदमै नराम्रो भएको बताए । साथै उनले आफु यो घटनाले एकदमै दुःखी भएको सुनाए ।

थापाले यस्ता घटनाबाट कसैलाई विचलित नहुन पनि आग्रह गरे । उनले प्रतिष्पर्धीले आफुलाई विभिन्न लाञ्छना लगाएकोमा समेत दुःख ब्यक्त गरे ।

उनले आफु काठमाडौं क्षेत्र नं ४मा मात्र होईन, समग्र देश विकासका लागि लागिपरेकाले अत्तालिएर विपक्षी लाञ्छनामा उत्रिएको समेत आरोप लगाए ।

थापासँग वाम गठबन्धनका राजन भट्टराई प्रतिष्पर्धा गर्दैछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार