४५ जिल्लामा प्रदेस र प्रतिनिधि सभाको निर्वाचन सूरु

  मूलधार सम्वादाता  321 पटक हेरिएको

काठमाडाैं-  ४५ जिल्लामा आज निर्वाचन सुरु भएको छ । मंसिर १० मा सम्पन्न ३२ जिल्ला बाहेक ४५ जिल्लाको प्रदेस सभा र प्रतिनिधि सभाको निर्वाचन अहिले ७ बजेबाट सुरु भएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि आजै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ ।

पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।

संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो । प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो ।

प्रतिनिधिसभाको निर्वाचन विगतमा पटकपटक भए पनि संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार प्रदेशसभाहरुको निर्वाचन भने मुलुकमा पहिलो पटक हुन लागेको हो । निर्वाचनपछि ७ वटा प्रदेशसमा प्रदेश सरकार समेत गठन हुनेछ ।

दुईवर्ष अगाडि संविधान जारी भएपछि पहिलो पटक संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको छ । ०७२ असोज ३ मा संविधानसभाले जारी गरेको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको रहने उल्लेख छ । त्यस अनुसार पुन संरचनापछिको ७ सय ५३ वटा स्थानीय तहमा यसै वर्ष चुनाव सम्पन्न भएर जनप्रतिनिधि बहाल भइसकेका छन् । बाँकी दुईवटा तहको चुनाव एकै साथ तर दुई चरणमा भइरहेको छ ।

प्रतनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रसंख्या पनि संविधान अनुसार नयाँ ढंगले पुन संरचना गरिएको छ । संविधानसभा निर्वाचनमा २ सय ४० वटा रहेको निर्वाचन क्षेत्र यतिबेला प्रतिनिधिसभाको हकमा घटाएर १ सय ६५ बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार