बिमान स्थलको बेन्चबाट

  जगत प्रसाद पण्डित  610 पटक हेरिएको

मेनपावरले फोन गर्यो
र भन्यो
” भाइ तिम्रो भिषा झर्यो ”

मैले उत्सुक हुँदै सोधे
दाइ कति दिनमा उडनु ?

अब तीन दिन धोद्रे स्वर उसले निकाल्यो
हस दाइ मैले फोन राख्न खोजे
फेरि बोल्यो भाइ ?
हजुर
भोलि सम्ममा
एक लाख असी हजार काउन्टरमा बुझाउनु

जेनतेन गरेर पैसा बुझाए

म मेरो भबिस्य किन्न
राजधानीको बाटो हुँदै
खाडी हानिए ।।

हातमा पासपोर्ट च्यापेका हातहरु
झोलामा भबिस्य भर्न हिडेका काँधहरु
पैसाको बिटो कल्पना गरेका अाँखा
अनि
आँखाले कल्पना गरेका आशुहरु
आमाले लगाइदिएको टीका

भाग्य लेख्न बिर्सिएर टीका समाएको निधार
रमिते भएर बसेको छ समय

आगमन कक्षबाट आउदै गरेको
कफन देख्दा मन चिसो छ
अनि चिसै छ
बा ले तमसुकमा ल्याप्चे लगाउँदा पोतिएका रङ्गहरु
जुन मैले सुकाउनु छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार