काँग्रेसका नेता डा. प्रकाशशरण महत प्रकाउ (भिडियो सहित)

  मूलधार सम्वादाता  475 पटक हेरिएको

काठमाडाैं-  नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार डा. प्रकाशशरण महत फन्दामा परेका छन् ।

टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।

सुकुम्बासीलाई पैसा बाँडेको सूचना पाएपछि डा. महतलाई स्थानीयले लेखेटेका थिए । बसुन्धरा चोक नजिकै घेरा हालेर राखेका थिए । महाराजगन्ज वृत्तबाट नेपाल प्रहरी र सशस्त्रको टोलीलाई बुझाइएको टोखा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नरोत्तम राना मगरले दैनिक नेपाललाई जानकारी दिए । उनको साथमा काँग्रेसका नुवाकोटका नेता बहादुरसिंह लामा पनि थिए ।

पैसा बाँडेको खबर थाहा पाएपछि आफूहरुले प्रहरीलाई बोलाएको उनले बताए । हेर्नुहोस् भिडियो सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार