डलरकै लागि नेताहरुले धर्मनिरपेक्ष राष्ट्र घोषणा, यसरी आयो धम्की

  मूलधार सम्वादाता  393 पटक हेरिएको

काठमाडाैं-  अमेरिकी धार्मिक आयोगले युरोपियन युनियन, बेलायतलाई समेत चिठी लेखेर नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेकाले धर्म परिवर्तन गर्ने, गाई काट्नेसम्मका स्वतन्त्रतामा आघात पु¥याउने कानुन, संवैधानिक प्रावधान परिवर्तन गरेर धर्मनिरपेक्ष राष्ट्रले अपनाउनु पर्ने स्वतन्त्रता नदिए नेपाललाई दिदै आएको सबै आर्थिक र अन्य सहयोग बन्द गरिने जनाउ दिएको छ ।

स्मरणीय छ, नेपालको राजस्वबाट प्रशासनसम्म चले पनि विकास निर्माणका लागि विदेशी सहयोग अपरिहार्य छ । जे जति योजनाहरु चलेका छन्, ती सबै विदेशी र्आिर्थक सहयोग, ऋणबाट सञ्चालित छन् ।

यसबाट के पनि प्रष्ट भएको छ भने क्रिश्चियनहरुको दबाबमा नेपालमा धर्मनिरपेक्षता घोषणा भएको रहेछ । जहाँ ९५ प्रतिशत ॐकार परिवार बस्छन्, त्यस्तो देशमा डलरकै लागि नेताहरुले धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेछन् ।

बिस्तारै नेपाल क्रिश्चियन चक्रव्युहमा फस्यो, यसबाट निस्कनका लागि हिन्दुहरुको एकता र आन्दोलन अपरिहार्य देखियो। न्युज अभियानबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार