Breaking : १६ जना प्रहरीलार्इ स्कूलभित्रै थुनेर स्थानीयले जलाए मतपेटिका

  मूलधार सम्वादाता  317 पटक हेरिएको

सुर्खेत-  जिल्लाको एउटा मतादन केन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई स्कूलभित्रै थुनेर स्थानीयले मतपेटिका जलाएका छन् ।

सुर्खेतको बराह गाउँपालिकास्थित वडा नम्बर ३ मा रहेको भेरी मावि तरङ्गा मतदान केन्द्रका मतपेटिका कब्जा गरेर स्थानीयले जलाएका बताइएको छ । मंगलबार राति ११ बजेतिर मतदान अधिकृतसहित २१ जनाको टोलीलाई स्थानीयवासीले आफ्नो कब्जामा लिएका थिए ।

मतदान केन्द्रको सुरक्षार्थ खटिएका म्यादीसहित १६ जना प्रहरीलाई स्कूलकै भवनभित्र बन्द गरेर स्थानीयले बाहिरबाट ताला लगाईदिएका थिए भने अधिकृतसहित ५ जनाको सरकारी टोलीलाई आफ्नो नियन्त्रणमा लिएको स्थानीय बिकास बिकले बताए । मतपेटिका कब्जा गरेर जलाईसकेपछि नियन्त्रणमा लिइएका अधिकृतसहितको टोली र प्रहरीहरुलाई छोडिदिएको बिकले जानकारी दिए ।

मतपेटिका जलेसँगै त्यो क्षेत्रमा व्यापक सुर‍क्षाकर्मी परिचालन गरिएको छ ।

श्रोत : अनलाइन डबली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार