फेरी त्रिशुलीमा ट्रक खस्यो, एक जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  मूलधार सम्वादाता  420 पटक हेरिएको

धादिङ-  पृथ्वी राजमार्ग अन्तर्गत् मलेखु नजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा अरु दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो पनी पढ्नुहोस्

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् – यात्रुबाहक बसको ठक्करबाट मंगलबार झापामा एक बालकको मृत्यु भएको छ ।

पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बर बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

ताप्लेजुङमा तीनवटा घरमा आगलागी, लाखाै क्षती – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा मंगलबार एकै पटक तीन घरमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-३ साविकको हाङ्पाङ ९ खुवामा दिउँसो करिब १ बजे लागेको आगोले स्थानीय रुपनारायण याक्सो, देवमान याक्सो र ईन्द्रकुमारी याक्सोको घर जलेर नष्ट भएको स्थानीय नरेन्द्र अधिकारीले बताए ।

घरमा कोही नभएको समयमा अचानक लागेको आगलागीको कारण घरसहित घरमा भएका लत्ताकपडा, खाद्यान्न, रुपनारायणको १० लाख, देवमान याक्सोको १२ लाख र ईन्द्रकुमारीको एक तोला सुन सहित १५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घरका बालबालिका सबै विद्यालय गएको र अभिभावक पनि खेतमा काम गर्न गएकाले आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घरमा जोडेको विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरी र स्थानीयको अनुमान रहेको छ ।

तीन वटै घरसँगै जोडिएकाले कुन घरबाट आगो लागेको भन्ने खुलेको छैन । आगलागी भए पछि मात्रै स्थानीय र प्रहरीलाई थाहा भएकाले आगोले सबै घर जले पछि आफै नियन्त्रणमा आएको स्थानीय नरेन्द्र अधिकारीले बताए ।

आगलागिका कारण विस्थापित तीन घरका १८ जनाको परिवारलाई छिमेकी मनकुमार याक्सो र भुपाल याक्सोको घरमा बस्ने व्यवस्था मिलाइएको छ भने नेपाल रेडक्रस सोसाइटी हाङ्पाङ् उपसाखाले राहत स्वरुपप्रति परिवार १० किलो चामल, दाल र तेल दिनुको साथै दोभान उपशाखाको सहकार्यमा पाल झिकाएर भोलि बुधबारबाट बस्ने व्यवस्था मिलाइको अधिकारीको भनाइ छ ।

यता जिल्ला विपत व्यववस्थापन समितिकाका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मोहन जिसिले आगलागिको क्षति अवस्था हेरी प्रतिपरिवार नगद १० हजार दिन सक्ने बताए ।

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

रौतहटको बौधीमाई नगरपालिका–५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा बुधबार बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।

रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताए ।

मृत्तक रामपतियाको शव परीक्षणका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।

समाचार स्रोत : अनलाईन खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार