काँग्रेस उम्मेदवारको गाडीमाथि बम प्रहार

  मूलधार सम्वादाता  277 पटक हेरिएको

कपिलवस्तु-  चुनावको केही घण्टामात्रै बाँकी रहँदा पनि बम विस्फोटका घटनामा कमी अाएका छैनन् । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवारको गाडीमाथि शक्तिशाली बम विस्फोट भएको छ ।

कपिलवस्तु क्षेत्र नं १ (क) का उम्मेदवार पूर्णप्रसाद थारूको गाडीमा शक्तिशाली बम बिस्फोट भएको हो ।

बिस्फोटबाट प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा पूर्ण रुपमा क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार