न्याय प्रणाली छिटो बनाउन निःशुल्क सेवा दिने बार ईकाईको प्रतिवद्धता

  मूलधार सम्वादाता  391 पटक हेरिएको

बाजुरा– न्याय प्रणाली छिटो, छरितो बनाउन जिल्ला बार ईकाई बाजुराका पदाधिकारीले निःशुल्क सेवा दिने भएका छन् । पीसविन आस्था परियोजनाले महिला हिसां विरुद्धको १६ दिने अभियान विषयक आयोजना गरिएको कार्यक्रममा उनीहरुले पैसाका कारण निवेदन दिन नसक्ने महिलाका लागि यस्तो सेवा उपलब्ध गराउने सामुहिक रुपमा प्रतिबद्धता जनाएका हुन् ।

बार ईकाईका अध्यक्ष गगन रावलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका सहभागि ईकाई पदाधीकारीहरुले हिसां पीडित महिलाहरुलाई न्याय दिलाउन निशुल्क सेवा दिने बताएका छन् । पैसाका कारण यसअघि न्यायालयमा ढिलासुस्ती हुने, महँगो हुने, अपराधी छुट्ने, फैसला कार्यान्वयन नहुने, विचौलियाको चलखेल हुने जस्ता कार्यले हिसां पीडीत महिलाले हिसां लुकाएरै बस्ने गरेका कारण अबदेखि त्यस्ता महिलाहरुका कानुनी परामर्शसंगै सेवा दिईने बार ईकाईका निवर्तमान जिल्ला अध्यक्ष लालबहादुर थापाले बताउनु भएको छ ।

न्यायिक निकायबाट कानुनी सेवा लिन नसक्ने नागरिकका लागि निःशुल्क कानुनी ब्यवस्था बार ईकाई दिने बारका अध्यक्ष गगन रावलले बताउनु भएको छ । शुल्क तिरेर कानुनी सेवा लिन नसक्ने अथवा न्यायका लागि शुल्क तिरेर वकिललाई वहस गर्न लगाउने क्षमता नभएकाले सेवा लिन सक्ने अध्यक्ष रावललको भनाई छ ।

गरीब, असाहय र अन्यायमा परेका महिला न्याय बाट विमुख हुन नपर्ने भन्दै अदालती प्रक्रियामा आउन पिडीतलाई बार ईकाई बाजुराले अनुरोध समेत गरेको छ ।

रेडियो बाजुराको सिकाई केन्द्रमा सञ्चालन भएको कार्यक्रममा ३० बढी वकिल र बारका पदाधीकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण आस्था परियोजना अधिकृत तुलाराम जैशीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार