मलेसियामा एक नेपाली लाई ३ तला बाट फालेर ज्यान लिए (भिडियो सहित)

  मूलधार सम्वादाता  436 पटक हेरिएको

क्वलालम्पूर- मलेसिया मा फेरि एक नेपाली ले यहि मङ्सिर १५ गते तदनुसार डिसेम्बर १ तारिखका दिन फेरी अर्को नेपालीको हत्या गरेका छन ।

मलेसियाको कजाङ अाचे स्थित NSG नाम को पञ्जा कम्पनि मा कार्यरत सप्तरी जिल्ला घर भएका राजकुमार यादब को हत्या भएको छ ।

साेही दिन बेलुका करिव साढे अाठ बजेको बेलामा अाफ्नै कम्पनीमा कार्यरत गङ्गाराम चौधरीले लेनदेन को बिषयमा यादवको कोठामा पसी  तीन तलामाथिको कौसि बाट फ्याकि हत्या गरेको भिडियो सार्बजनिक भएको छ ।

 

“मेरो साला राजकुमार यादब को करिब १५०००/ रुपैया चलाको रहेछ उक्त पैसा माग्ने क्रम मा वाद बिवाद भएर गङ्गाराम चौधरि ले मेरो साला मृतक राज कुमार यादव लाई तीन तला माथि बाट फ्याकि तल भुईमा बजारिनु पुगे जसका कारण मेरो साला राजकुमार यादब को मृत्यु हुन पुग्यो ” मृतक राजकुमार का भेना साईनो पर्ने राम कुमार यादब ले hamrokairan का सम्पादक सङ्ग फोन कुरा कानि मा बताए ।

गङ्गाराम चौधरि ले मृतक राजकुमार यादव लाई कोठाबाट निकालेर बाहिर ल्याई कौसि बाट फ्याकेको पनि हाम्रो फोन कुराकानि मा रामकुमार यादब ले बताए ।

हत्या गरि सके पछि गङ्गाराम मोबाईल स्विज अफ गरि फरार थियो । डिसेम्वर २ तारिक बेलुका जब मोबाईल स्विज खोले तुरुन्त प्रहरी को फन्दामा परे ।

अहिले उनी प्रहरीको खोरमा रहेका छन ।गङ्गाराम को बारेमा बिस्तृत कुरा बाहिर नल्याउन र गङ्गाराम लाई कानुन अनुसार कार्बाही हुने कुरा कम्पनी मालिक तथा प्रहरी द्वारा अनुरोध भएको पनि राम कुमार यादवले बताए ।

मलेसिया मुस्लिम राष्ट्र भएको जहाँ खुनी को बदला खुन लिन सकने सम्म को कनुनी प्राबधान रहेको छ  । अभियुक्त गङ्गाराम को बारेमा के कस्तो फैसला गर्ने हुन अदालत ले भविश्यमै थाहा हुने पनि राम कुमार यादब ले बताएका छन् ।

भिडियो हेर्नुहोस्

श्रोत दर्पन नेपालबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार