म मेरो परिवारमा हिन्सा रहित वाताबरण बनाउन्छु

  रमेश कुँवर  445 पटक हेरिएको

मेरो प्रतिबद्धता #म कुनै पनि महिला लाई हिन्सा गर्दिन, अहिले सम्म कतै अन्जान मा भएको भएमा क्षमाप्रार्थी छु, म मेरो परिवार मा हिन्सा रहित बाताबरण बनाउन्छु ।

आज महिला हिंसा विरुद्ध को रास्ट्रीय महाअभियान को ११ औ दिन। मलाइ लाग्छ महिला हिंसा लाई जगेर्ना गर्ने काम कतिपय अवस्था मा हाम्रा परम्परागत मुल्य , मान्यता र धर्म ले गरेको देखिन्छ। धेरै ठाउँ धेरै पुरुष वा पिडक हरुले यस विरुद्ध मन्तव्य राखेको सुन्दा लाग्छ कि सबै जना महिला हिन्सा विरुद्ध लागेका छन । र मनमा प्रश्न उठछ त्यसो भए “यो कसले गरिराको छ?

सारा नेपाल यसको बिरुद्द लाग्या छ। अब बाकी को रहयो?” ! मलाइ लाग्छ सबै जना ले ब्यक्तिगत प्रतिबद्धता र व्यवहार मा परिवर्तन ल्याइदिने हो भने काफी छ। जब सम्म म जस्ता पुरुषहरू ले महिला को अनुहार मा आफ्नै आमा वा बहिनी वा छोरी वा अन्य समय अनुसारको अनुहार नदेख्ने हो भने महिला हिन्सा र यो बाट उपज हुने क्षति लाई न्यूनीकरण गर्न कठिनाइ देखिन्छ । महिला हिन्सा मा पर्ने पीडित हरु को कानुनी रुपमा अधिकार हनन त हुन्छ नै र साथै जनस्वास्थ्य को दृस्ठिकोण ले अपुर्निय क्षति लाई ब्यक्ति , परिवार ,समाज र रास्ट्र ले बाध्यता बंश अङाल्न पर्छ ।

सामान्य रुपमा भौतिक रुपमा अङ भङ त हुन्छन् नै जसलाइ हामिले केही हदसम्म सुधार गर्न सक्छौ तर मानसिक रुपमा हुने क्षति लाई सुधार गर्न निकै गाह्रो हुन्छ। धेरै समस्या को जड अहिले मानसिक रुपमा असन्तुलित हुनु हो। र महिला हिंसा ले मानसिक स्वास्थ मा निकै ठूलो असर प्रभाव पार्दै आइरहेको देखिन्छ । स्वस्थ , सिर्जनात्मक , शभ्य समाज बनाउन को लागि सबै किसिमका हिन्सा को जरा काट्न जरुरी छ। हाम्रो समाज मा धेरै उदाहरण छन जस्ले महिला को महानता लाई दर्साउछ।

१)बिहे पछि आफुलाइ जन्म दिने प्राण भन्दा प्यारा आमा,बुवा र परिवार लाई छोडी जान बाध्य हुन्छन।
२) आफ्नै आमा बुवा लाई पनि भेट्न पनि अरुको अनुमति लिएर बस्नु पर्ने।
३) पराइ घर मा गयेर सम्पुर्ण लाई रिझायेर बस्नु पर्ने।
४) अर्काको पाहुना लाई पनि आफ्नै पाहुना झै स्वागत , सत्कार गर्नु पर्ने।
५) ९ महिना सम्म एउटा शरीरमा दुई वटा मुटु लिएर बस्नु पर्ने।
६) पति लाई पुझेर आफ्नो घरलाइ पराइ बनाइ अर्काको घरलाइ मन्दिर बनाउनु पर्ने।

म संग यस्ता थुप्रै उदाहरणहरु छन् जस्ले महिलाहरु प्रती मेरो सम्मान बढाउन्छ। भगवान सबै ठाउँ मा पुग्न नसकेर विभिन्न रुपमा भगवान लाई पठाएको हुन्छ कसै लाई आमा को रुपमा,कसै लाई दिदिबहिनी को रुपमा,कसै लाई श्रीमती को रुपमा र अन्य। यी सबै कुरा गर्दा महिलाले पनि पुरुष लाई आदर , सम्मान र नाता अनुसार को ब्यवहार गर्नु जरुरी छ। महिला हिन्सा को जरा उखेल्न पुरुष हरुको पनि उत्तिकै भुमिका रहन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार