के हो सफलता ? कसरी प्राप्त गर्न सकिन्छ ? एक मिनेट भएपनी पढ्नुहोस्

  मूलधार सम्वादाता  632 पटक हेरिएको

मानौं म स्कुलमा गइरहेछु, स्कुलबाट केही सिक्दैछु । मानौ म युनिभर्सिटीमा पढ्दैछु । युनिभर्सिटीबाट केही सिक्दै आइरहेछु । मलाई कामले युनिभर्सिटीको काम गरिरहेछ । मेरो आविष्कार गर्ने क्रममा मलाई केही पनि थाहा हुँदैन तर आविष्कार गर्ने कोसिस गर्दा–गर्दा सबै कुरा थाहा हुँदै जान्छ । त्यसकारण ज्ञानको स्रोत कर्म हो, काममा डुब्नु हो ।

त्यसकारण मैले काम गरेको होइन । म बुद्धिमान पनि होइन । तिमी पनि बुद्धिमान नभएकोमा चिन्ता नगर मजस्तै काममा डुब्न सिक किनकि मलाई पनि बुद्धिमान नभएकोमा चिन्ता छैन । काम गर्दै गएँ, कामले मलाई बुद्धिमान बनाइदियो । त्यसकारण सफलताको मूल रहस्य भनेको नै काममा डुब्नु हो । काममा डुब्नका लागि आफूलाई मन परेको काम गर्नु प¥यो, मनले खाएको काम गर्नु प¥यो ।

यसै प्रसंगमा मैले प्रश्न सोधें– त्यसो भए मन परेको कामको कुरा गर्दा कति मान्छेहरुले आफूलाई मन परेको काम ठम्याउनै सक्तैनन् । त्यो कसरी ठम्याउन सकिन्छ त ?

सजिलो छ, जसरी चाल्र्स डार्विनलाई कुकुर–बिरालोसँग खेल्न मन लाग्थ्यो, हैन त ? मन परेको कुरा त त्यो हो नि । सानो बेलामा कोही बच्चा पनि चुपचाप बस्दैनन् । तपाईंले कोही चुपचाप ज्ञानी भएर बसेको बच्चा देख्नु भएको छ ? छैन । बच्चाहरु ज्ञानी नहुने भएका कारणले गर्दा उनीहरुलाई फकाउन ज्ञानी भन्नुपर्छ । ऊ ज्ञानी हुँदैहुँदैन । ज्ञानी भएजस्तो त ठूला मान्छेले नाटक गर्ने हुन् । वास्तवमा बच्चाहरु भित्रबाट एकदमै ज्ञानी हुन्छन् । बाहिरबाट चञ्चल हुन्छन् । ठूला मान्छेहरु यसको उल्टो, भित्रबाट बिल्कुलै चञ्चल, बाहिर एकदम शान्त ।
त्यसकारण ठूला मान्छे माने बिग्रेको बच्चा भनिन्छ ।

बच्चा बिग्रियो भने ठूलो मान्छे भयो । त्यसैले कुन काम गर्ने भन्ने त सामान्यतया सानै उमेरदेखि थाहा हुने कुरा हो । मन धेरै ठाउँमा लाग्यो भने धेरै ठाउँमध्ये सबभन्दा सर्वसुलभ जे चीज छ त्यसमा ध्यान लगाए पुग्यो । जस्तै चाल्र्स डार्विनले कुकुर–बिरालोलाई मन पराइरहँदा त्यो त क्षेत्र थिएन । तर त्यसमा प्रेम जोडिसकेपछि त्यो एउटा राम्रो क्षेत्र बन्यो । एउटा कुरा के बुझौं भन्नाले एउटा अर्को सूत्र जुन क्षेत्रमा प्रेम जोडिन्छ, त्यो काम बन्छ । प्रेम जोडेपछि त्यो ज्ञान पनि बन्छ, विज्ञान पनि बन्छ । जसरी उनले कुकुर–बिरालोको अध्ययनमा प्रेम जोडेपछि त्यो क्षेत्र बन्यो, विकासवादको सिद्धान्त निस्कियो, हैन त ?

त्यसकारण कुन काम मन पराउने भन्ने नै छैन । जुन काम अगाडि छ, जुन काम मन पर्छ त्यो काम अहिलेको लागि क्षेत्र बन्छ भनेर बुझ्नु प¥यो । सबै त्यसरी नै आएको हुन् संसारमा । जस्तै कुनैबेला पेलेले फुटबल खेलिरहँदा त्यो स्कोप थिएन नि, उनका लागि फुटबल खेलेर त के पाइन्थ्यो । केही पनि पाइँदैनथ्यो, हैन त ? तर उनले के

भने त भन्नाले म फुटबल खेल्नका लागि जन्मेको हुँ, पढ्नका लागि जन्मेको होइन, ठोकेरै भने, हैन त । उनले प्रेम गरे फुटबललाई, त्यो क्षेत्र बन्यो उनको । त्यसकारण तपाईंले पर्याप्त मात्रामा (विषय केन्द्रित प्रेमको कुरा हामीले ग¥र्यौ नि) प्रेम गर्नुस् । जहाँ प्रेम गरिन्छ त्यो क्षेत्र बन्छ, नाँच्नमा प्रेम गर्नुस्, नृत्य क्षेत्र बन्छ । तपाईंलाई प्रेम गर्नु नै क्षेत्र बनाउनु प¥यो भने फिल्म खेल्न जानुस् । नाटकमा खेल्नुस् प्रेम गर्ने क्षेत्र बनाउने भए ।
त्यसैले मैले धेरै पल्ट भनेको छु “भगवानले आएर मलाईं ल बाबु के माग्छस्, माग् भन्नु भयो भने म ‘गु’ माग्छु किनभने ‘गु’ त सबभन्दा काम नलाग्ने चिज ।

त्यो ‘गु’ काठमाडौंको खाल्डो जति प्राप्त गर्ने हो भने खरबपति भइन्छ किनकि त्यसबाट बायो ग्याँस निकाल्नुस्, बायो ग्याँस बेच्नुस्, हैन त ?” कुनै पनि कुरा तपाईंले ठूलो परिमाणमा प्राप्त गर्नु भयो भने त्यो सम्पति बन्छ, चाहे त्यो ‘गु’ नै किन नहोस् । त्यस् तै कुनै पनि विषयको ज्ञान ठूलो परिमाणमा प्राप्त भयो भने पि.एच.डी. भयो, त्यो ज्ञान हुन्छ । वैज्ञानिकहरुले त्यसरी नै आविष्कार गरेका थिए ।

पहिला जे–जे कुरा थिएनन्, वैज्ञानिकहरुले त्यहाँ प्रेम गरे, डुबे, समय दिए । जहाँ डुबिन्छ, त्यहाँबाट आविष्कार उम्रन्छ । तपाईंले डुब्नु प¥यो क्या । त्यसकारण कुन क्षेत्र भन्ने कुरै छैन । जहाँ डुबे पनि त्यहाँबाट आविष्कार हुन्छ, डुबेर त हेर ।
प्रस्तुति : ऋषिराम पाण्डेय

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार